भारतमा कोरोनाबाट ५९२ संक्रमितको मृत्यु, साढे १८ हजार बढी संक्रमित
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
सोमबार भारतमा ९२४ जना नयाँ संक्रमित थपिएसँगै कोरोन संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ । संक्रमित मध्ये तीन हजार २७३ जना उपचारपछि घर फर्किसकेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले हालसम्म ४ लाख एक हजार ५८६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।
भारतमा बिगत २८ दिनदेखि लकडाउन जारी छ ।
प्रतिक्रिया
Facebook Comment