चीनको ध्यान विश्व फुटबलमा केन्द्रित, १३० अर्बको फुटबल स्टेडियम बनाउदै

डिसी नेपाल
९ वैशाख २०७७ १२:१९

काडमाडौं । चाईनिज सुपर लिगको आठ पटक उपाधि बिजेता गुआन्झाउ एभ्राग्रेन्डे ताओबाओ फुटबल क्लबले विश्वकै सबैभन्दा ठुलो फुटबल स्टेडियम बनाउने भएको छ ।
करिब १ लाख दशर्क क्षमताको यो स्टेडियमको लागत कुल १ सय ३० अर्ब रहेको छ । यसको निर्माण कार्य सन २०२२ सम्म पुरा हुने जनाईएको छ । बास्तवमा यूरोपलाई फुटबलको केन्द्र भनेर चिनिन्छ तर कोरोना भाईरसको कारण अहिले युरोपको फुटबलको अर्थव्यबस्थामा ठुलो क्षती पुगेको छ, याहा हुने भनिएको प्रतियोगिताहरु रद्द र स्थगित भएका छन ।
युरोप बाट रिटार्यड भएका खेलाडीहरु खासगरी जापान, चीन र कोरियामा ब्यवसायिक फुटबल खेल्ने गर्दछन । त्यसकारण पनी चीनले बनाउन लागेको यो स्टेडियमले चिन लगायत एसिया फुटबलको ठुलो हब बन्ने विश्वास गरिएको छ । चीनमा फुटबलको हब बन्नु भनेको उसले बढी भन्दा बढी खेलाडीहरु चीनमा भित्रया्उनु हो ।

चीनका एक रियल स्टेट कोगलोमेराटो एभ्राग्रेन्डेका अध्यक्ष सिया हाईजुनले भने ः स्टेडियम निर्माण कार्य सुरुवात भैसकेको छ, हाम्रो लक्ष्य सिडनीको ओपेरा हाउस र दुबईको बु्रज खलिफा जस्तै एक नयाँ ल्यान्डमार्क स्थापित गर्नु हो जुन चीनिया फुटबलको प्रतिक हुनेछ ।

अहिले गुआन्झाउ एभ्राग्रेन्डे ताओबाओ फुटबल क्लब संग सन २०११ निर्माण भएको करिब ६० हजार दर्शक क्षमताको फुटबल स्टेडियम छ । नयाँ स्टेडियमले ९३ हजार ३ सय दर्शक क्षमता रहेको बार्सिलोनाको क्याम्प नाउ फुटबल स्टेडियम लाई पछाडी पार्नेछ ।

कमलको फुल आकारको यो स्टेडियमको डिजाईन संघाई निवासि अमेरिकन डिजाईनर हसन सैयदले तयार पारेका हुन । स्टेडियममा १६ भिभिआईपी प्राईभेट कोठा, १५२ भिआईपी प्राईभेट कोठा, एथलिट एरिना, मिडीया एरिना र प्रेस रुम रहने छन ।

गुआन्झाउ एभ्राग्रेन्डेले चीनमा ८० हजार देखी १ लाख दर्शक क्षमताको अझै ५–६ वटा स्टेडियम बनाउने सोच बनाईरहेको छ । साथै चीनले फुटबल विश्वकप आयोजना गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *