आईसीसीका प्रमुख कार्यकारी समितिको बैठक बिहीबार
काठमाडौं । कोरोना भाइरसको कारण विगत दुई महिनामा धेरै ठूला क्रिकेट प्रतियागिताहरू रद्द गरिएका छन्। यो कुरालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रमुख कार्यकारी समितिको बैठक बिहीबार भिडीयो कल मार्फत बस्दैछ। यस बैठकमा कोविड १९ को कारण परेको आर्थिक प्रभाव बाहेक विश्व टेस्ट च्याम्पियनशिप र एकदिवसीय लिगको तालिका बारे पनि छलफल गरिने छ।
एकदिवसीय लिग जुनदेखि शुरू हुने तय भएको थियो। दक्षिण अफ्रिका र श्रीलंका बिच ३ खेलको श्रृंखला आयोजित लिगको पहिलो श्रृंखला थियो, तर कोरोना महामारी को कारण, यो सोमबार रद्द भयो। यद्यपि आईसीसीले यस बैठकमा कुनै ठूलो निर्णय लिने छैन किनकि कोरोना भाइरसको प्रभाव कहिलेसम्म जारी रहन सक्छ भन्ने कुरा थाहा छैन।
आईसीसी बोर्डका एक वरिष्ठ सदस्यले भने “वर्ल्ड टेस्ट च्याम्पियनशिप लगभग आधा सकिसक्यो र सुपर लिग सुरु हुन अझै बाँकी छ, त्यसैले हामी हाम्रा सदस्यहरूसँग विकल्पहरूको बारेमा छलफल गर्नेछौं। तर कुनै पनि निर्णय लिन समय लाग्ने छ ।”
आईसीसी बोर्डका धेरै बैठकहरूमा भाग लिने वरिष्ठ अधिकारीले स्पष्ट गरे कि “थप दुई टेस्ट श्रृंखला रद्द भएपछि विश्व टेस्ट च्याम्पियनशिपको क्यालेन्डरमा नराम्रो असर पर्न सक्छ। उनले भने हामीले मार्च २०२१ सम्म लिग चरण समाप्त गर्नुपर्नेछ किनकि फाइनल जून २०२१ मा लर्ड्समा खलिने तय भएको छ। भारतको स्थिति सबै भन्दा राम्रो छ किनकि कुनै पनि श्रृंखला रद्द गरिएको छैन। भारतले नोभेम्बरको अन्त्यमा अष्ट्रेलियामा अर्को टेस्ट श्रृंखला खेल्नुपर्नेछ।”
तर इङल्यान्द्धले श्रीलंका बिरूद्धको श्रृंखला रद्द गरिसकेको ति अधिकारीले बताए। यस बाहेक, यो पनी स्पष्ट छैन कि वेस्टइन्डिज र पाकिस्तानले यो गर्मीमा इङल्यान्डको भ्रमण गर्न सक्षम हुनेछन् या छैनन ।
यस बाहेक, यस वर्ष अष्ट्रेलियामा हुने टि २० विश्व कपको बारेमा पनि छलफल हुनेछ। तर आईसीसीका एक अधिकारीले स्पष्ट पारेका छन् कि विश्वकप सम्बन्धी कुनै पनी ठूलो निर्णय अगस्ट भन्दा अघि लिइने छैन।
Facebook Comment