आफ्नो करियरमा पहिलो सतकको लागि पर्खिरहेका ५ शिर्ष क्रिकेट खेलाडीहरु
काठमाडौं । मास्टर ब्लास्टर सचिन तेंदुलकरको नाममा एकदिवसीय क्रिकेट इतिहासमा सर्वाधिक ४९ सतकको रेकर्ड रहेको सबैलाई थाहा नै छ। हाल सर्वाधिक एकदिवसीय सतक भारतीय कप्तान विराट कोहलीको नाममा छ, कोहलीले ५० ओभर क्रिकेटमा अहिले सम्म ४३ शतक प्रहार गरेका छन। तर सतकनै प्रहार नगरी एकदिवसीयमा बढी रन बनाउने खेलाडीमा को–को अगाडी रहेका छन ? सायद यो धेरैलाई थाहा नहुन सक्छ ।
हुनत यो रेकर्ड पूर्व पाकिस्तानी कप्तान मिसबाह उल हकको नाममा छ, जसले आफ्नो क्रिकेट करियरमा १६२ एकदिवसीय खेल खेले तर उनले एक सतक पनि बनाउन सकेनन। पाकिस्तान क्रिकेट टीमका वर्तमान प्रशिक्षक मिसबाहको सर्वश्रेष्ठ स्कोर अबिजित ९६ रन रहेको छ। उनले आफ्नो करियरमा कुल ५ हजार १ सय २२ रन बनाउने क्रममा ४२ अर्धसतक प्रहार गरेका थिए ।
अहिलेको अवस्थामा सतक नबनाई सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हरुमा जिम्बावेका चामू चिभाभाको नाम शिर्ष स्थानमा रहेको छ । चिभाभा अझै पनी अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् र आफ्नो पहिलो सतकको लागि कुरिरहेका छन ।
त्यस्तै शीर्ष ५ खेलाडीहरूको सूचीमा २ भारतीय ब्याट्सम्यान पनि छन्, जो आफ्नो क्यारियरको पहिलो शतकको लागि पर्खिरहेका छन् ।
चामू चिभाभा – जिम्बावेका लागि २००५ मा डेब्यू गरेका चिभाभा सुरुवाती क्रमका ब्याट्सम्यान हुन्। ३३ वर्षीय चिभाभाले आफ्नो १५ बर्षको क्रिकेट करियरमा हालसम्म १०४ एकदिवसीय खेल खेलेको छन। यस क्रममा उनले २३ को औसतमा १६ अर्धशतकको मद्दतले कुल २ हजार ३ सय ९९ रन बनाएका छन। चिभाभा एकदिवसीय खेलमा दुई चोटि सतकको नजिक पुगेर पनी सतक बनाउन बाट चुकेका छन । एकदिवसीयमा उनको सर्वाधिक स्कोर ९९ रन हो जुन पाकिस्तानको बिरूद्धको खेलमा रहेको छ ।
रबिन्द्र जडेजा – यो सूचीमा अर्को नाम भारतीय टीमका स्टार आलराउन्डर रविन्द्र जडेजाको आउछ । जडेजा विरलै ब्याटिङ गर्न जान्छन, आफ्नो भूमिका अनुसार अक्सर अन्तिम ओभरमा उनी ब्याटिङ गर्ने गर्दछन। जडेजाले एकदिवसीयमा अहिलेसम्म १६५ खेलको ११० पारीमा ३२ को औसतले २ हजार २ सय ९६ रन बनाएका छन। एकदिवसीयमा अहिलेसम्म १२ अर्ध सतक रहेको जडेजाको सर्वश्रेष्ठ स्कोर ८७ रन हो।
जेसन होल्डर – वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान जेसन होल्डर पनि यस सूचीमा समावेश छन्। आफ्नो ७ बर्षे एकदिवसीय करियरमा होल्डरले कुल ११५ खेलमा १ हजार ८ सय २१ रन बनाएका छन । वर्तमानमा विश्वको सर्वश्रेष्ठ ऑलराउन्डर मध्ये एक रहेका उनको सर्वश्रेष्ठ स्कोर अविजित ९९ रन हो। प्राय अन्तिम ओभरमा ब्याटिङ गर्ने होल्डरहरूले ९४ को उत्कृष्ट स्ट्राइक रेटका साथ रनहरू बनाएका छन ।
समेउल्लाह शिन्वारी – अफगानिस्तान टोलीबाट अलराउन्डरको भुमिकामा खेल्ने समेउल्लाह शिन्वारीले पनि एकदिवसीय क्रिकेटमा १ हजार ८ सय ११ रन बनाएका छन। ३२ वर्षीय शिन्वारीले अहिलेसम्म कुल ८४ एकदिवसीय खेल खेलेका छन र सो क्रममा उनले ११ अर्धशतक प्रहार गरेका छन्। अफगानिस्तानका लागि कुल २ वटा वल्र्ड कप खेलेका शिन्वारीले २०१५ को वर्ल्ड कपमा स्कटल्याण्ड बिरुद्ध ९६ रन बनाएका थिए ।
दिनेश कार्तिक – दिनेश कार्तिक भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याट्सम्यान हुन्। सन २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कार्तिकले मात्र ९४ खेल खेलेका छन। आफ्नो क्रिकेट करियरमा निरन्तर टिम भित्र बाहिर भइरहेका कार्तिकले एकदिवसीय क्रिकेटमा कुल १ हजार ७ सथ ९२ रन मात्र बनाएका छन। यद्यपि उनले तल्लो क्रममा ब्याटिङ गर्ने क्रममा सर्वाधिक रन बनाएका छन। एकदिवसीय क्रिकेटमा उनको सर्वश्रेष्ठ स्कोर ७९ हो, जुन उनले २०१० मा ग्वालियरमा दक्षिण अफ्रीका बिरूद्धको ऐतिहासिक खेलमा बनाएका थिए ।
Facebook Comment