अन्तराष्ट्रिय टि २० क्रिकेटमा नेपालको लागी सबैभन्दा बढी रन बनाउने ५ महिला क्रिकेटरहरु

डिसी नेपाल
९ वैशाख २०७७ १९:३२

काठमाडौं । सन् २००७ मा मलेसियामा आयोजना भएको ‘एसियन क्रिकेट काउन्सिल महिला’ प्रतियोगिताबाट नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरुवात गरेको थियो। पहिलो प्रतियोगितामानै फाइनलसम्मको यात्रा तय गरेको नेपाली महिला क्रिकेट टिमले बिभिन्न यात्राहरु पार गर्दै टि २० अन्तराष्टिय मान्यता पनी पाईसकेको छ ।

आज हामीले नेपालको लागी अन्तराष्ट्रिय टि २० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ५ महिला खेलाडीहरुको बारेमा चर्चा गर्नेछौ ।

१) सिता राणा मगर – अन्तराष्ट्रिय टि २० क्रिकेटमा नेपालको लागी सबैभन्दा बढी रन बनाउने पहिलो नम्बरमा सिता राणा मगर रहेकी छिन । सन २०१९ मा थाईल्यान्ड महिला टि २० स्म्यास प्रतियोगिता बाट अन्तराष्ट्रिय टि २० क्रिकेटमा मा डेब्यु गरेकी सिताले अहिले सम्म कुल १४ टि २० ईन्टरनेशनल खेलेकी छिन । १४ खेलको १३ पारीमा सिताले ७०.३२ को स्टा्रईक रेटमा कुल २१८ रन प्रहार गरेकी छिन । टि २० ईन्टरनेशनलमा सिताको सर्वाधिक स्कोर ४८ रन रहेको छ ।

२) काजल श्रेष्ठ – काजलले पनी सिता संगै सन २०१९ मा एउटै प्रतियोगितामा अन्तराष्ट्रिय टि २० क्रिकेटमा नेपालका लागी डेब्यु गरेकी थिईन । अन्तराष्ट्रिय टि २० क्रिकेटमा काजलले कुल १४ खेल खेलेकी छिन । उनले १४ खेलको १३ पारीमा कुल १३३ रन प्रहार गर्दै नेपालको लागी अन्तराष्ट्रिय टि २० क्रिकेटमा सर्वाधिक रन बनाउने महिला खेलाडीमा दोस्रो स्थानमा रहेकी छिन । उनको अन्तराष्ट्रिय टि २० क्रिकेटमा सर्वाधिक स्कोर २५ रन रहेको छ ।

३) रुविना क्षेत्री – रुविना नेपालको लागी अन्तराष्ट्रिय टि २० क्रिकेटमा सर्बाधिक रन बनाउने महिला खेलाडीमा तेस्रो स्थानमा रहेकी छिन । सिता र काजल संगै अन्तराष्ट्रिय टि २० क्रिकेटमा डेब्यु गरेकी रुविना नेपाली महिला क्रिकेट टिमका कप्तान पनी हुन । उनले अहिले सम्म अन्तराष्ट्रिय टि २० क्रिकेटमा कुल १४ खेल खेलेकी छिन । १४ खेलको ११ पारीमा रुविनाले कुल १३१ रन प्रहार गरेकी छिन । अन्तराष्ट्रिय टि २० क्रिकेटमा उनको सर्वाधिक स्कोर अविजित ३३ रन रहेको छ ।

४) ईन्दु बर्मा – सन २०१९ मा माथिका खेलाडीहरु संगै डेब्यु गरेकी ईन्दुले अहिले सम्म कुल १४ अन्तराष्ट्रिय टि २० क्रिकेट खेलेकी छिन । १४ खेलको १० पारीमा ईन्दुले कुल १२४ रन प्रहार गर्दै नेपालको लागी सर्बाधिक रन बनाउने महिला खेलाडीमा चौथो स्थानमा रहेकी छिन । अन्तराष्ट्रिय टि २० क्रिकेटमा उनको सर्बाधिक स्कोर अविजित ३७ रन रहेको छ ।

५) नेरी थापा – नेपालको लागी महिला अन्तराष्ट्रिय टि २० क्रिकेटमा सर्बाधिक रन बनाउने पाचौं खेलाडीमा नेरी थापा रहेकी छिन । उनले अहिले सम्म आफ्नो करियरको कुल ११ अन्तराष्ट्रिय टि २० क्रिकेटको ८ पारीमा ६३ रन बनाएकी छिन । अन्तराष्ट्रिय टि २० क्रिकेटमा उनको सर्वाधिक स्कोर १९ रन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *