सरकारले जारी गरेको अध्यादेशले संविधानलाई असफल बनाउँछ : लोकतान्त्रिक पार्टी

काठमाडौं । सरकारले जारी गरेका अध्यादेश प्रति नेपाल लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पार्टीले मुल विषयबाट अलग गएर सरकारले गलत नियत र समयमा नियोजित ढंगले जारी गरेको अध्यादेश प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी अध्यक्ष भानुराम डगौरा थारु र महासचिव देबबहादुर दुराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नु पर्ने यस विषम परिस्थितिमा नेपाली जनतालाई लकडाउनको निहुमा घरभित्र थुनेर नेपाली जनताको ठुलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघियता, लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई नै धरापमा पार्ने गरी मुलुकमा राजनीतिक अस्थिरता द्वन्द निम्त्याउने किसिमको अलोकतान्त्रिक र विवेकहीन क्रियाकलापहरु आफैमा आपत्तिजन र खेदजनक भएको हाम्रो पार्टीेको ठहर छ’।
पार्टीले सबै शक्ति मिलेर कोरोनाको विरुद्धमा लड्नु पर्ने बेला जारी गरिएको अध्यादेशले लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरेको आरोप समेत लगाएको छ ।
Facebook Comment