मन्त्रीद्वारा कञ्चनपुरका चार स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान
कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कञ्चनपुरका चार स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकी छन् ।
मन्त्री मगर निर्वाचित निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने पुनःवास, बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाँउपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकी हुन् । मङ्गलबार खानेपानी मन्त्रीका स्वकीय सचिव दीपक तिमलसिनामार्फत चारै स्थानीय तहलाई सो सामग्री हस्तान्तरण गरिएको छ । पुनःवास र बेलौरी नगरपालिकालाई ६०/६० थान सेनेटाइजर, तीन/तीन थान ज्वरो नाप्ने थर्मल गन उपलव्ध गराइएको छ ।
यसैगरी बेलडाँडी र लालझाडी गाउँपालिकालाई ४० थानका दरले सेनेटाइजर र दुई थानका दरले ज्वरो नाप्ने थर्मल गन उपलब्ध गराइएको छ । बेलौरी, पुनःवास नगरपालिका र बेलडाँडी गाँउपालिकामा उपलव्ध सामग्री हस्तान्तरण गरिएको मन्त्री मगरका स्वकिय सचिव तिमलसिनाले बताए । बुधवार लालझाडी गाँउपालिकालाई उपलव्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिने उनले बताए ।
यसअघि मन्त्री मगरले चारवटै स्थानीय तहका लकडाउनको प्रत्यक्ष असर खेप्दै आएका ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत स्वरुप एक सय क्वीन्टल चामल उपलब्ध गराएका थिए । स्वास्थ्यकर्मीहरुका लागि पिपिई र मास्कलगायत सामग्री उपलब्ध गराइएको थियो ।
Facebook Comment