आज अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज वैशाख १० गते (बुधबार) अमेरिकी डलरसहित धेरै देशको विनिमयदर बढेको छ । यूके पाउण्ड, मलेसियन रिँगिटको भाउ भने घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२३ रुपैया २४ पैसा पुगेको छ । मंगलबार डलर १२२ रुपैयाँ ७६ पैसामा खरिद भएको थियो।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ७४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय ९५ रुपैयाँ ५२ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर ३ सय २६ रुपैयाँ४३ पैसा रहेको छ।
Facebook Comment