विस्तारै लकडाउन खोल्ने तयारीमा रहेका स्पेन, इटली र अमेरिकामा झन् बढ्यो मृत्युदर
काठमाडौँ । केही दिनदेखि कोरोनाको प्रभाव घटेसँगै विस्तारै लकडाउन खोल्ने तयारीमा रहेका स्पेन, अमेरिका, यूके र इटलीमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या झन् बढेको छ ।
पछिल्लो २४ घण्टामा यूकेमा ८२८, स्पेनमा ४३०, अमेरिका २८०४ र इटलीमा ५३४ जना संक्रमितको ज्यान गएको छ।
यसअघि सोमबार यूकेमा ४४९, स्पेनमा ३९९, अमेरिका १९३९ र इटलीमा ४५४ संक्रमितको ज्यान गएको थियो ।
हालसम्म यी चार देशमा मात्रै १ लाख ८ हजार ५८५ संक्रमितको ज्यान गएको छ ।
जसमध्ये यूकेमा १७३३७, स्पेनमा २१२८२, इटलीमा २४६४८ र अमेरिकामा ४५३१८ को ज्यान गएको हो ।
विश्वमै सबैभन्दा धेरै मानिसको ज्यान गएको अमेरिकामा मात्रै ८ लाख १८ हजार ७४४ जना संक्रमित छन् ।
अमेरिकासहितका यी चार देशले पछिल्लो समय कोरोनाको संक्रमण घट्न थालेपछि लकडाउन खोल्ने तयारी गरेको बताउँदै आएका थिए ।
विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हालसम्म १ लाख ७७ हजार ४ सय ५९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर २५ लाख ५५ हजार ७३७ जना संक्रमित भएका छन् ।
Facebook Comment