ज्ञानेन्द्र शाही पक्राउ

डिसी नेपाल
१० वैशाख २०७७ ८:३७

काठमाडौं । लकडाउन उल्लङ्घन गरेको आरोपमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाही मंगलबार राति ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन्।

लकडाउन उल्लङ्घन गरेपछि शाहीलाई नियन्त्रणमा लिएर प्रहरी परिसर ललितपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

लकडाउन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोरोनाको महामारी नियन्त्रणका लागि ३० दिनदेखि नेपालमा पनि लकडाउन जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *