मृतावस्थामा चितुवा फेला

डिसी नेपाल
१० वैशाख २०७७ ८:५४

दुल्लु । दैलेखको दुल्लु नगरपालिका–३ तियाडीको जंगलमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

स्थानीयवासी र प्रहरीको सूचनाका आधारमा चितुव सब–डिभिजन कार्यालयको टोलीले घटनास्थलबाट जिल्ला सदरमुकाममा पुर्याएर मङ्गलबार कार्यालय हातामा गाडिएको छ।

अन्दाजी १३–१४ वर्ष जतिको चितुवा टाउकामा चोट लागेको र गन्हाइसकेका अवस्थामा मृत फेला परेको थियो।

स्थानीयवासीले छाला काटेर लिन सक्ने सम्भावना भएका कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन कार्यालय दैलेखका प्रमुख मुनबहादुर रावतले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *