बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, १ सय १० को मृत्यु

डिसी नेपाल
१० वैशाख २०७७ १०:०३

काठमाडौँ । छिमेकी मुलकु बंगलादेशमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । विश्वभर महारमारीको रुप लिएको कोरोना भाइरसबाट बंगलादेशमा पछिल्लो २४ घण्टामा मात्रै ४३४ जना संक्रमित व्यक्ति फेला परको छन् ।

यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेकको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमितमध्ये १ सय १० जनाको उपचारका क्रममा ज्यान गएको छ भने ८७ जना संक्रमित उपचारपछि घर पर्किएका छन् ।

मंगलबार मात्रै बंगलादेशमा ९ जना संक्रमितको ज्यान गएको छ ।

बंगलादेशमा कोरोना महामारी नियन्त्रणमा लिनका लागि केही सातादेखि लकडाउन जारी छ ।

बंगलादेशमा हालसम्म २९ हजार ५ सय ७८ कोरोना परीक्षण गरिएको छ ।




प्रतिक्रिया

One thought on “बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, १ सय १० को मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *