चीनसँग अर्बौंको सामान खरिद गर्ने निर्णयलगत्तै रक्षा सचिवको इमेल ह्याक
काठमाडौं। छिमेकी मुलुक चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय भएकै दिन रक्षा मन्त्रालयका सचिव रश्मीराज पाण्डेको इमेल अचानक ह्याक भएको छ।
रक्षा मन्त्रालयको इन्टरनेट सेक्युरिटी सिष्टम निकै मजबुत मानिने गरे पनि रक्षा सचिव पाण्डेको इमेल मंगलबार ह्याक भएको हो।
रक्षा स्रोतका अनुसार, सचिव पाण्डेले आफ्नो इमेल अचानक ह्याक भएपछि तत्काल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेललाई खबर गरेका थिए।
रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको छ।
रक्षा मन्त्रालयअन्तर्गत चीन सरकार र चिनियाँ सेनासँग इमेलमा धेरै नै सम्पर्क भइरहेका बेला यो ह्याकिंग भएकाले नेपालको रक्षा मन्त्रालय र नेपाली सेनासँग सम्बन्धित गोप्य विवरणहरु सार्वजानिक हुने खतरा रहेकोले सतर्कता अपनाउने प्रयास भइरहेको रक्षा मन्त्रालय स्रोतले बतायो।
नेपाली सेनाले सोमबारमात्र पत्रकार सम्मेलन गरी २ अर्व २६ करोडबराबरको स्वास्थ्य सामग्री खरिद गर्ने अन्तिम निर्णय सार्वजानिक गरेको थियो।
रक्षा मन्त्रालयले सचिव पाण्डेको इमेलको संबेदनशीलता बुझेर तत्काल छानविन गर्न विशेषज्ञहरु तथा नेपाली सेनालाई समेत आग्रह गरेको बुझिएको छ। यसबारेको जिज्ञाशामा रक्षासचिव रश्मीराज पाण्डेले भने, “यसबारे अहिले म केही बोल्दिन।”
प्रधान मन्त्रिका सूचना प्रविधि सल्लाहकार अस्गरको कम्पनीको पनि हात हुन सक्छ है!