अध्यादेश र लकडाउनबारे नेकपा अध्यक्षद्वय ओली र दाहालद्वारा सांसदहरुसँग छलफल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गरेका छन्।
बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको सचिवालय हलमा अध्यक्षद्वय ओली र दाहालले पार्टी स्थापना दिवसको अवसरमा संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गरेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त छलफलबारे जानकारी गराएका छन्। उनले उक्त छलफलबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन्,”प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टी स्थापना दिवसकाे अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएकाे छ। सुदूरपश्चिम प्रदेशबाट शुरू भएकाे छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश: सातवटै प्रदेशका सांसदहरूसँग आज र भाेलिसम्म गरिनेछ । जारी अध्यादेश र काेराेना भाइरसविरूद्दकाे लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएकाे छ।”
Facebook Comment