लकडाउनमा पनि खोप कार्यक्रम संचालनमा

डिसी नेपाल
१० वैशाख २०७७ २१:२५

काठमाडौं । काठमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो ।

तर, अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरी निरन्तरता दिएको हो । स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरिक्षक रञ्जना कुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस भन्ने विषयलाई ध्यान दिदै खोप कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताइन् । आज (बुधबार) मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उनले बताए ।

राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तीकै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ । यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *