कोरोना भाइरसको प्रकोप शमनार्थ विश्वभरि एकसाथ दीप प्रज्वलन सहित वेदमन्त्रहरूको पाठ गरियो

डिसी नेपाल
११ वैशाख २०७७ ५:४१

डिसी नेपाल, वासिंगटन डिसी ।

सारा विश्व महामारीले ग्रसित भएको अवस्थामा विश्व भूटानी हिन्दू संगठनले गत अप्रैल १८, २०२०, शनिवार बेलुका अमेरिकी पूर्वीय समयअनुसार ठिक ९ बजेबाट ‘विश्व शान्तिका निमित्त प्रार्थना एवं ध्यान’ को आयोजना गरिएको थियो । संगठनको मुहार-पुस्तिका (Facebook) बाट प्रत्यक्ष प्रसारण गरिएको यस कार्यक्रममा विश्वका एक दर्जनभन्दा बढी राष्ट्रका विभिन्न स्वामी, महाराज, आचार्य, योगी, गुरु, पण्डित, पुरोहित लगायत समाजका विशिष्ट विद्वद्वर्ग एवं समाजसेवीहरू एकै ठाउँमा उपस्थित भएर पालैपालो वैदिक एवं पौराणिक मन्त्रोच्चारण गरी विश्व शान्तिको कामना गरेका थिए ।

संगठनका अध्यक्ष श्री कमल धिमालज्यूद्वारा संचालन गरिएको यस ऐतिहासिक कार्यक्रमको शुभारम्भ विश्वका कुनाकुनाबाट उपस्थित भएका विद्वान्हरूको स्वागत गरेपछि विश्वबाट यस प्रत्यक्ष प्रसारणमा जोडिएका एक हजारभन्दा बढि भक्तभागवतहरूले एकैसाथ दीप प्रज्वलन गरेपछि भएको थियो । सम्पूर्ण विद्वद्वर्गले क्रमशः शान्तिपाठ गरिसकेपछि अष्ट्रेलियाबाट आचार्य योगी श्री राजन शर्मा (भीमसेन सापकोटा) ज्यू ले सम्पूर्ण सहभागी भक्तभागवतहरूलाई पाँच मिनटसम्म भावातीत ध्यान गराउनुभएको थियो ।

यस कार्यक्रमको अन्तमा अध्यक्ष श्री कमल धिमालले संगठनको निमन्त्रणालाई सहर्ष स्वीकारी उपस्थित भएर कार्यक्रममा ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण विद्वज्जनलाई विश्व भूटानी हिन्दू संगठनका तर्फबाट हार्दिक धन्यवाद दिनुभएको थियो । यसरी नै उहाँले विश्वभरिबाट घरघरमा दियो जलाई विश्वशान्तिको कामना गर्दै यस कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण वैदिक हृदयहरूलाई पनि अन्तर्हृदयबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै क्रममा यस कार्यक्रमलाई सफल पार्न दिनरात खटेर सहयोग गर्ने संगठनको संरक्षक समिति, सल्लाहकार समिति, कार्यकारिणी समिति, वैदिक निर्णय समितिका साथै आचार्य योगी श्री राजन शर्मा, डा. श्री चिन्तमणि योगी, आचार्य श्री खिम खतिवडा, श्री वासुदेवशरण महाराज, श्री भागवत शरण जी महाराज, पं. श्री हरि फुयाल र श्री गोविन्द सुवेदी जी लाई पनि विशेष धन्यवाद दिनुभएको थियो । उहाँले कार्यक्रम अन्त भएको घोषणा गर्नुअघि प्राविधिक सहयोगीहरू श्री नारायण मिश्र (अष्ट्रेलिया), श्री अभि काफ्ले (पेनसिलभेनिया) र श्री तिलक अधिकारी (केनटकी) लाई पनि विशेष धन्यवाद दिन बिर्सनुभएको थिएन ।

यस ऐतिहासिक कार्यक्रममा विश्वभरिबाट ऐक्यबद्धता जनाउने विद्वद्ववर्गको नामावली यस प्रकार रहेको छ-
१. डा. श्री हरिप्रसाद अधिकारी, तुलनात्मक धर्मदर्शन विभागाध्यक्ष, वाराणसी, भारत
२. श्री १००८ वासुदेवशरणजी महाराज, विश्व भूटानी हिन्दू संगठन संरक्षक, अमेरिका
३. डा. श्री चिन्तामणि योगी, हिन्दू विद्यापीठ प्रमुख, नेपाल
४. डा. श्री खेम नेपाल, केनेडा
५. अनन्त श्री विभूषित स्वामी श्रीकेशवाचार्य, अमेरिका
६. स्वामी श्री विवेकानन्द सरस्वती, भूटान
७. पं. श्री अशोक घिमिरे, संस्थापक अध्याक्ष, संस्कृत स्नातक सेवा मण्डली, थाइलैण्ड
८. आचार्य श्री दुर्गाप्रसाद पोख्रेल, महासचिव, पण्डित एशोसिएशन, यु. के.
९. पं. श्री प्रकाशचन्द्र अर्याल, म्यानमार (वर्मा)
१०. अनन्त श्री विभूषित स्वामी श्री चक्रपाणि अधिकारी, संरक्षक विश्व भूटानी हिन्दू संगठन, अमेरिका
११. श्री चैतन्यकृष्ण प्रभु, अध्यक्ष कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङजा, नेपाल
१२. आचार्य श्री भागवतशरण, संस्थापक, अन्तर्राष्ट्रीय निम्बार्क आध्यात्मिक परिषद, अमेरिका
१३. आचार्य योगी श्री राजन शर्मा, अध्यक्ष विश्व शान्ति अध्यात्म विज्ञान समाज, अष्ट्रेलिया
१४. पं. श्री रामकृष्ण उपाध्याय, अध्यक्ष हिन्दू जागरण, नेपाल
१५. स्वामी श्री खगेन्द्र आचार्य, अष्ट्रेलिया
१६. स्वामी श्री सुदर्शनाचार्य, केनेडा
१७. आचार्य योगी श्री खिम खतिवडा, विश्व भूटानी हिन्दू संगठन प्रधान सम्पादक, अमेरिका
१८. विदुषी इन्दिरा भण्डारी नेपाल, निवर्तमान अध्यक्ष, भूटानी ओमकार समाज, न्युजिलैण्ड
१९. पं. श्री अर्जुन शंकर, अमेरिका
२०. विदुषी देवका खनाल, विश्व भूटानी हिन्दू संगठन, अमेरिका
२१. पं. श्री हरि फूयाल, विश्व भूटानी हिन्दू संगठन वैदिक निर्णय समिति संयोजक, अमेरिका
२२. कुमारी रश्मी ओस्ती, केनेडा
२३. बटुक सहस्रांशु सनातन सुवेदी, अमेरिका
२४. श्री शंकर खराल, केन्द्रीय उपाध्याक्ष, विश्व हिन्दू महासंघ नेपाल
२५. श्री पीयूष नारायण न्यौपाने, सिंगापुर
२५. भिक्षु श्री कुमार गुरूङ, अमेरिका
२७. श्री फुल कुमार लालवानी, अध्यक्ष्य, नेपाल जैन धर्म सेवा
२८. पं. श्री धनपति भट्टरार्इ, अमेरिका
विशेष धन्यवाद (कारणवश प्रत्यक्ष प्रसारण कार्यक्रममा उपस्थित नभएका)
१. अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यजी महाराज, चतरा जगद्गुरुपीठ नेपाल
२. पं. श्री अविनाश शर्मा, विश्व शान्ति तथा अध्यात्म समाज, फिजी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *