कोरोना महामारीः विश्वभर १ लाख ८४ हजारबढीको मृत्यु, कुन देशमा कति ? (तालिका)

डिसी नेपाल
११ वैशाख २०७७ ८:१४

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीबाट १ लाख ८४ हजार ६६ संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ६ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बधबार नै विश्वभर ७९ हजार ९ सय ५९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २६ लाख ३५ हजार ७१९ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी हाल विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ ।

चीनपछि यूरोप र संयुक्त राज्य अमेरिका कोरोना भाइरसको हव बनेका छन् । अमेरिकामा विश्वकै सबैभन्दा धेरै संक्रमित भएका छन् भने सबैभन्दा धेरै मानिसको ज्यान पनि गएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ४७ हजार ६५९ संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३४१ संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तो छ २१० देशमा कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *