रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गर्ने तयारी

डिसी नेपाल
११ वैशाख २०७७ ९:२०

काठमाडौं। राजपा र समाजवादी पार्टीबीच एकता भएको १२ घण्टा पूरा हुन नपाउँदै निर्वाचन आयोगमा नयाँ दल दर्ता हुने भएको छ। समाजवादी पार्टीबाट असन्तुष्ट पक्षको नेतृत्व गरिरहेकी नेतृ रेणु यादवको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता हुन लागेको हो। त्यसका लागि उनीहरुले सात जना सांसदको हस्ताक्षरसहितको पत्र बुधबार साँझ नै निर्वाचन अयाोगमा बुझाएको स्रोतले जनाएको छ।

नेतृ रेणु यादवको नेतृत्वमा गठन हुन थालेको नयाँ दल बिहीबार निर्वाचन आयोगमा दर्ता हुने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न सहज हुनेगरी राजनैतिक दलसम्बन्धि अध्यादेश जारी गरेसँगै समाजवादी पार्टी विभाजित बनेको हो।

स्रोतका अनुसार समाजवादी पार्टीबाट ७ जना सांसदले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न लागेका हुन्। रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन हुँदैछ। उनको समूहमा मोहम्मद इस्तियाक राई, बिमल श्रीवास्तव,  डा. सरेन्द्रकुमार यादवलगायत ७ जना सांसद भएको बताइएको छ ।

यसअघि पार्टी फुटाउन तयार भएका प्रदीप यादव भने ब्याक भएकाे बताइएकाे छ।  उनले अन्तिममा आएर आफू पार्टी विभाजन गर्ने पक्षमा नरहेकाे बताएकाे स्राेतले जनाएकाे छ।

सात जना सांसदकाे हस्ताक्षर संकलन गरिएपनि गएराति रातभर भएकाे फकाउने र तर्साउने खेलका कारण रेणु यादवका नेतृत्वमा नयाँ पार्टी गठन गर्ने संशाेधित कानुन अनुसारकाे ४० प्रतिशत पुग्न नदिने खेल सफल भयाे भने प्रधानमन्त्री केपी ओलीकाे रणनीतिमाथि गम्भीर धक्का लाग्नेछ।

यद्यपी सात जना सांसदकाे हस्ताक्षर संकलन गरिएपनि गएराति रातभर भएकाे फकाउने र तर्साउने खेलका कारण रेणु यादवकाे नेतृत्वमा नयाँ पार्टी गठन गर्ने संशाेधित कानुन अनुसारकाे ४० प्रतिशत पुग्न नदिने खेल सफल भयाे भने प्रधानमन्त्री केपी ओलीकाे रणनीतिमाथि गम्भीर धक्का लाग्नेछ। रेणु यादवले कसरी आफ्ना समर्थक सांसद  जाेगाएर निर्वाचन आयाेग पुर्याउँछिन् त्याे हेर्न बाँकी छ।

मधेस केन्द्रित दलहरूकाे विभाजन राेक्नका लागि भारतीय दूतावास र उसँग सम्बन्धित पक्षहरूकाे सक्रियता गएरातभर उल्लेख्य भएकाे मधेस केन्द्रित दलका एक नेताले बताए।

समाजवादी पार्टीको अहिले प्रतिनिधिसभामा १७ सिट छ । यीमध्ये ७ जना सांसद भएमा ४० प्रतिशत पुग्छ । नयाँ कानुनअनुसार संसदीय दलको ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न पाइने भएकोले विभाजनका लागि कुनै कानुनी समस्या हुने छैन । यादवको नेतृत्वमा नयाँ दल गठन भएसँगै यो दल सरकारमै सहभागी हुने तयारी गरिरहेको छ ।

उता पार्टी विभाजनलाई रोक्न भन्दै बुधबार अबेर राति राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको थियो। दुई दलबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टीले पनि आजै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *