कोरोनाभाइरसः २४ घण्टामै किन बदलियो अमेरिकाको बयान ?
काठमाडौं। अमेरिकामा पछिल्लो चौबीस घण्टामा कारोना संक्रमणबाट १७३८ जनाको मृत्यु भयो । यो तथ्यांक अघिल्लो दिनको तुलनामा कम हो । अहिलेसम्म अमेरिकामा कोरोनाभाइरसका कारण ४६ हजार ५८३ पुगेको छ । यो तथ्यांकसँगै अमेरिका आफ्नो २४ घण्टा अगाडिको बयानबाट पछि हटेको छ ।
बुधबार ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक रोबर्ट रेडफिल्डले आफ्नो अघिल्लो दिनको बयान संशोधन गरेका छन् । मंगलबार रेडफिल्डले अमेरिकामा अर्को जाडोको सिजनमा फेरि कोरोनाभाइरसको लहर आउने र यो अहिलेको भन्दा भयानक हुने बताएका थिए ।
बुधबार भने रेडफिल्मले आफ्नो बयान संशोधन गरेका छन् । उनले आउँदो जाडोमा कोरोनाभाइरस फेरि फर्किने भए पनि त्या बेलाको प्रकोप अहिलेको जति भयानक नहुने बताएका छन् । मंगलबार भने उनले कोरोनाभाइरसको दोस्रो लहरको साथमा फ्लुको महामारी पनि साथसाथै आउने भएकोले यो समय धेरै भयानक हुने बताएका थिए ।
बुधबार सीसीसी निर्देशक रेडफिल्डले आफ्नो मंगलबारको भनाइको अर्थ अमेरिकीहरुलाई फ्लुको भ्याक्सिनतर्फ प्रोत्साहित गर्नु रहेको स्पष्टीकरण दिएका छन् । ‘मैले त्यो समय धेरै भयानक हुन्छ भनेको थिइन, मैले त त्यो समयमा हामीले कोरोनाभाइरस र फ्लु एकैपटक झेल्नुपर्ने भएकोले त्यो समय कठिन र जटिल हुनेछ भन्न खोजेको थिएँ’ उनले भने ।
Facebook Comment