चीनमाथि अमेरिकाको एकैपटक दोहोरो आक्रमण, ट्रम्प र पोम्पियो एकैपटक खनिए

डिसी नेपाल
११ वैशाख २०७७ १०:१३

वाशिङटन। कोरोनाभाइरस प्रकोप बढिरहेका बेला फेरि एकपटक अमेरिका चीनमाथि खनिएको छ । पछिल्लो पटक राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियो एकैपटक चीनविरुद्ध आक्रामक रुपमा उत्रिएका हुन् ।

ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरुमाथि आक्रमण भएको बताए । उनले कोरोना भाइरस पूर्ण रुपमा आफूहरुमाथिको आक्रमण नै भएको दावी गरे । ट्रम्पले यसअघि १९१७ मा फ्लुमार्फत अमेरिकामा आक्रमण भएको र त्यसपछि अहिले आक्रमण भएको बताउँदै आफुहरु यो आक्रमणबाट पनि जीत हात पार्दै माथि उठ्ने बताए ।

अर्कोतर्फ विदेश मन्त्री माइक पोम्पियोले चीनले विश्व्सँग धेरै कुरा लुकाएको दावी गरे । उनले सबैसँग सत्य जान्ने अधिकार भएको बताउँदै जुन ल्याबबाट कोरोनाभाइरसको सुरुवात भयो त्यस किसिमको प्रयोगशाला चीनमा अहिले पनि संचालनमा रहेको दावी गरे । पोम्पियोले वुहानमा मात्र नभइ चीनमा अन्यत्र पनि यस्ता कैयौं ल्याब भएको र त्यहाँ यस्ता प्रयोगहरु भइरहेको जो भविष्यमा खतरनाक हुने दावी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *