एकैदिन बंगलादेशमा १० जनाको मृत्यु, संक्रमितको संख्या ३७७२ पुग्यो
काठमाडौँ । नेपालको अर्को छिमेकी राष्ट्र बंगलादेशमा पनि कोरोनाको महामारी देखिएको छ । बंगलादेशमा बुधबार एकै दिन १० जनाको ज्यान गएको छ ।
यो सँगै बंगलादेशमा कोरोना भाइरसको संक्रमण्णबाट १२० संक्रमितको ज्यान गइसकेको छ ।
बुधबार बंगलादेशमा ३९० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७७२ पुगेको छ । संक्रमित मध्ये ९२ जना मात्रै संक्रमित उपचारपछि घर फर्किएका छन् ।
बंगलादेशमा हालसम्म ३२ हजार ६३० जनाको कोारेना परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment