दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

डिसी नेपाल
११ वैशाख २०७७ १२:५५

सुनसरी । सुनसरीका ताङचुक बासुक मियाँ तीन महिनादेखि सुर्खेतमा मजदूरी गर्थे । कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि १५ दिन विनाकाम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे। उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीले सुनसरी जानका लागि प्रहरीको सहयोगमा उनी तीन घण्टामा कोहलपुर पुगे ।

“म यता लकडाउनमा परेँ । दुई छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुशी लाग्यो”, कोहलपुरको चौराहामा भेटिएका उनले भने ।

उनलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पुर्याइएको थियो। जाजरकोटकी रुपा विक पनि गत चैत ७ गते उपचारका लागि नेपालगञ्ज आएका थिए।

यहाँ पुगेको केही दिनमै लकडाउन भएपछि लामो समयसम्म सपरिवार होटलमा बसे । कोहलपुर चौराहामा भेटिनुभएका उनले भने, “उपचार भएन । अलिअलि भएको पैसा पनि सकियो।

खान समस्या भएपछि हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ, यसैले यहाँका आएका हौंँ।” उनका अनुसार उनीहरुजस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग र उद्धार गरेर घरसम्म जाने वातावरण बनाइदिएको छ।

नेपालगञ्जबाट कर्णाली तथा सुदूरपश्चिम दैनिक जाने पाँच सयभन्दा बढी छन् । कोरोना भाइरसको त्रासबीच आफ्नो घर पुग्न भोकभोकै पैदल हिँडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले उनीहरुलाई सहजरुपमा घरसम्म पुग्ने वातावरण निर्माण गरिरहेका छन्।

लकडाउनमा हजारौँ किलोमिटर हिँडेर जान थालेपछि अलपत्र र बेवारिसेलाई सुरक्षित गन्तव्यमा पुर्याउन थालिएको हो। यहाँका स्थानिय सरकारले एक हप्तादेखि बन्दाबन्दीका मारमा परेका नागरिकको उद्धार तथा व्यवस्थापनलाई तीव्रता दिएका छन्।

नेपालगञ्जबाट कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । पूर्वपश्चिम राजमार्गको चौराहामा कोहलपुर नगरपालिकाले खाना खाने व्यवस्थासमेत मिलाएको छ।

नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले अनिवार्यरुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय गरिरहेका छन् ।

नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महामारीका समयमा अपलपत्र नागरिकको उद्धारलाई मुख्य प्राथमिकता दिइएको बताए । उनले छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पुर्याउने काम भइरहेको बताए ।

उनले भने, “हामीले नगरपालिकाभित्र राहत वितरणसँगै बाहिर जानेहरुलाई उद्धार गरिरहेका छौँ। चौराहामा हेल्थ डेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ। यस्तो अवस्थामा कोही पनि नागरिकले दुःख नपाऊन्, भोकै नबसून् भनेर सक्रिय छौँ।” रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *