सेक्स भिडियो, पैसा र मायाले जिवन बर्बाद भएको एक खेलाडीको कथा

डिसी नेपाल
११ वैशाख २०७७ १२:२२

काडमाडौं । संसारमा यस्ता धेरै प्रतिभाशाली एथलिटहरू छन् जो संग प्रशंसकहरूको माया र अथाह पैसा छ। यद्यपि ति खेलाडीहरू मध्ये धेरै कम यस्ता खेलाडीहरु छन् जो यस सफलतालाई पचाउन सक्छन् र आफ्नो करियरलाई सम्मानका साथ अन्त्य गर्न सक्षम हुन्छन ।

आज हामी तपाईंलाई एक महिला रेसलर खेलाडीको बारेमा बताउनेछौं जो कुनैसमय विश्वमा नम्बर १ महिला रेसलर खेलाडी थिइन्। उनी यति धेरै शक्तिशाली थिईन कि पुरुष रेसलरहरु पनि उनीसँग डराउँथे। हामी कुरा गर्दै छौ डब्ल्यूडब्ल्यूर्ई सुपरस्टार च्यानाको जसले आफ्नो प्रतिभाको कारण करोडौं रूपैयाँ त कमाईन, तर उनको एउटा गल्तिले उनको करियर नै बर्बाद भयो ।

च्यानाको वास्तविक नाम जोआन लोरर हो। यि महिला रेसलरले सन १९९५ मा अभ्यास सुरु गरिन र १९९७ फेब्रुअरी १६ मा डब्लुडब्लुइमा डेब्यू गरिन। च्याना पुरुषहरूसँग प्रतिस्पर्धा गर्ने पहिलो महिला रेसलर थिइन। सन १९९९ मा डब्ल्यूडब्ल्यूएफको इंटरकन्टिनेन्टल उपाधि हात पारेको च्यानाले सन २००० मा किङ अफ द रिङको उपाधि जितिन र विश्वमा स्टार खेलाडीको रुपमा चर्चित भइन।

तर च्यानाले नोभेम्बर २००० मा प्लेब्वाई पत्रिकाको लागि नग्न फोटोशूट गरिन र यसले डब्ल्यूडब्ल्यूईमा हंगामा सिर्जना गर्‍यो। २००१ मा च्यानाले डब्ल्यूडब्ल्यूएफ बाट राजीनामा दिईन। यस प्रकारले च्यानाको अचानक राजीनामाले प्रशंसकहरूलाई गहिरो चोट लागेको थियो। कसैलाई यसको वास्तविक कारण थाहा छैन तर यो विश्वास गरिन्छ कि डब्ल्यूडब्ल्यूएफले च्यानालाई बार्षीक चार लाख डलरमा अनुबन्ध प्रस्ताव गरेको थियो । तर उनी १० लाख डलरको अनुबन्ध चाहान्थिन। डब्ल्यूडब्ल्यूएफ पछि च्यानाले न्यु जापान प्रो रेसलिंग सँग एउटा सम्झौतामा हस्ताक्षर गरिन, तर त्यो धेरै लामो समय सम्म टिक्न सकेन ।

सन २००४ मा च्याना पोर्न स्टार उद्योग मा प्रवेश गरिन र आफ्नो प्रेमी संग एक निजी सेक्स भिडीयो बनाईन। च्यानाको त्यो सेक्स भिडीयो विश्वमा सबैभन्दा धेरै हेरिएको थियो र २००६ मा उनले वयस्क फिल्म पुरस्कार जित्न सफल भईन। पछि च्यानाले सन २००९ देखी २०१३ सम्म पोर्न फिल्महरूमा अभिनय पनि गरिन ।

च्यानाले पोर्नमा मात्र नभई टिभी श्रृंखला र हलिउड फिल्महरूमा पनि काम गरिन। उनले लगभग १५ फिल्महरू र २० वटा टिभी श्रृंखलाहरुमा अभिनय गरिन ।

२० अप्रिल २०१६ मा च्याना आफ्नै घरमा मृत अवस्थामा फेला परिन। पुलिसको रिपोर्टका अनुसार उनले गल्तीले बढी ड्रग्स सेवन गरीन उनको मृत्युको कारण बन्यो। च्यानाको पोस्टमार्डम रिपोर्टमा उनको मृत्यु १७ अप्रिल २०१६ मा भएको र उनले मदिरा सहित अत्याधिक ड्रग्स सेवन गरेको पाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *