प्रहरीमा बढुवा श्रृंखलाः एसपीदेखि डिआइजीसम्म

डिसी नेपाल
११ वैशाख २०७७ १४:२१

काठमाडौं । दुई सातादेखि नेपाल प्रहरीमा रिक्त रहेको पदमा बढुवा श्रृंखला चलिरहेको छ । डिआइजी, एसएसपी र एसपी बढुवाको तीन चरण सकिएको छ। दुई साताअघि १० जना एसएसपीलाई डिआइजीमा बढुवा गरियो।

त्यसपछि १९ एसपीलाई एसएसपीमा र २४ डिएसपीलाई एसपीमा बढुवा तयारी भएको छ। प्रहरी प्रधानकार्यालयले बढुवा सिफारिस भैसकेकाले गरिसकेकाले एसएसपी र एसपीको फूली सिफारिस भएका अधिकृतहरुले पनि निकट दिनमै लगाउनेछन्।

डिआइजी बढुवामा निकै रस्साकस्सी चलेको भएपनि एसएसपी बढुवा भने खासै रस्साकस्सी देखिएन। प्रहरी महानीरिक्षक नियुक्तिका बेला देखिने दरवन्दी विवाद यसपल्ट डिआइजी बढुवाको बेला देखिएको थियो। गृहमन्त्रालयले डिआइजीको दरवन्दी कटौती गरेपछि डिआइजी बढुवा हुनुपर्ने प्रहरी अधिकृत बढुवा हुन सकेनन भने केही अधिकृतहरुले आर्थिक प्रभावमा पारेर बढुवा भएको समेत आक्षेप लागेको छ।

अहिले नेपाल प्रहरीका प्राविधिकसहित ३४ र प्राविधिकबाहेक २६ डिआइजीको दरवन्दी रहेकोमा अहिले गृहमन्त्रालयले घटाएर १४ मात्रै दरवन्दी कायम गर्यो। जसको नतिजा डिआइजीका दावेदार रहेका धेरै एसएसपीहरु बढुवा हुन पाएनन्। डिआइजी हुनका लागि नेपाल प्रहरीमा ९८ औं ब्याचका र बैकल्पिक एसएसपीहरु दौडधुपमा रहेका थिए। तर बढुवामा पनि त्यही हावी भयो।

९८ औं ब्याजका केही छुटे भने बैकल्पिक व्याजका केही हावी भए। सबैभन्दा बढी डिआइजीबाट बढुवाबाट लाभ लिनेका सहकुल थापा देखिए। उनी अघिल्लो पटकको एसएसपी बढुवामा पछि परेका भएपनि यसपल्ट सबैलाई पछि पार्दे उनको ब्याजको एक नम्बरमा बढुवा मात्रै भएनन सबैभन्दा आकर्षक मानिने केन्द्रीय अनुसन्धान व्यरोको कमाण्ड समेत हात पारे।

अहिलेको डिआइजी बढुवामा सबैभन्दा अन्याय भने दिवेश लोहनीलाई भयो। उनभन्दा पछि बढुवा भएका रविन्द्र धानुक, वसन्त लामा, बसन्त पन्त, सहकुल थापा, अरुण विसी बढुवा हुँदा पनि उनलाई छुटाइयो। त्यसैगरी अघिल्लो ब्याचका पुरुषोत्तम कँडेललाई पनि छुटाइयो भने गणेश ऐरले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालको सोर्स प्रयोग गर्दा पनि बढुवा हुन सकेनन्।

एसएसपी बढुवा सिफारिसमा पनि खास उत्साहजनक देखिएको छैन। प्रहरीमा रिक्त १९ जना एसएसपी पदको लागि ४० जना एसपी प्रतिस्पर्धामा थिए। एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले एसपीहरु कुवेर कठायत, वीरेन्द्र बस्याल, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी, केदार ढकाल, रविन्द्र केसी, राजेश बांस्तोला, सुदिप गिरी, लालमणि आचार्य हृदय थापा,  अशोक सिंह, राजकुमार वैदवार, नवराज भट्ट, यज्ञविनोद पोखरेल र मुकेश सिंह, जनक भट्टराई, चन्द्रकुबेर खापुङ बढुवा सिफारिस भएका छन्।

उनीहरुमध्ये नवराज भट्ट म्याग्दीको जिल्ला प्रमुख हुँदा कर्तव्य ज्यान सम्बन्धि मुद्धामा मिलाई दिने भन्दै पीडितसँग आर्थिक कारोवार गरेको आरोपी हुन् भने आचार्य काठमाडौ परिसरमा हुँदा क्यासिनो मालिकसँग मिलेको आरोपी, धनुषा जिल्ला प्रमुख हुँदा पनि उनको छवि राम्रो बनेको थिएन। मुकेश सिंह कपिलवस्तु जिल्ला प्रमुख हुँदा विवादित बनेका एसपी हुन्।

बीरन्द्र बस्याल, दुर्गा सिंह, किरण राणा, भरत बोहोरालाई भने न्याय भएको छ। उनीहरु अघिल्लो बढुवामा छुटेका थिए। खापुङ भने पछिल्लो ब्याचका एकमात्र एसपी एसएसपी भएका हुन्।  त्यसैगरी डिएसपीबाट एसपीको लागि २४ जना सिफारिस भएका छन्। नेपाल प्रहरीका २४ डिएसपी एसपी पदमा बढुवा सिफारीस भएका छन्।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बसेको बोर्ड बैठकले २४ डिएसपीलाई बुधवार मध्यराति एसपी बढुवाको लागी सिफारीस गरेको हो। तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह,राजिव वस्नेत,  संजयसिंह थापा, महेन्द्र थापालगायत छन्। पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *