कोरोनाले लियो जापानी अभिनेत्रीको ज्यान
टोकियो । कोरोना भारइस (कोभिड–१९) को संक्रमणबाट जापानी अभिनेत्री कुमिको ओकाएको ज्यान गएको छ । कोरोनाको संक्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया कुमिको ओकाएको बिहीबार ज्यान गएको हो ।
कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् ।
ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
प्रतिक्रिया
Facebook Comment