सम्बोधन!
उहाँ पुरुषवादी अहमताले कुचोवाद लाई हराएर आउनुभएको छ ।
उहाँको मर्दाङ्गीलाई स्याबास भन्नुहोस् ।।
उहाँ बाल्कोनीमा खेती गर्नुहुन्छ ।
कृषि अभियान्तालाई बधाइ दिनुहोस्।।
उहाँ दलिनको जालो निकालेर आउनुभएको ।
सफाइ अभियन्तालाई शुभकामना दिनुहोस् ।।
उहाँ रातभरको होम सकेर भर्खर आउनुभएको ।
ल पण्डितजीलाई प्रणाम गर्नुहोस्।।
उहाँले छोरालाई कखरा पढाउनुभएको रे ।
ल ल मास्टरजिको लागि ताली बजाइदिनुहोस् ।।
उहाँ खोकिको अपरेशन गरेर आउनुभएको ।
डाक्टर जीलाई धन्यवाद दिनुहोस् ।।
उहाँ सिङ्गो देश चलाउने सोचमा हुनुहुन्छ ।
ल चालक जीलाई शुभकामना भन्नुहोस्।।
उहाँले हाम्रो चियाको बिल तिर्नुभो ।
ल अर्थ संयोजकलाई आभारका शब्द ब्यक्त गर्नुहोस्।।
म पनि त भर्खर कविता लेखेर आएको छु ।
ल कविजीलाई सबैले नमस्कार गर्नुहोस्।।
Facebook Comment