विश्वभर रेमिट्यान्स २० प्रतिशत र दक्षिण एसियामा २२ प्रतिशतले कमी आउने : विश्व बैंक
काठमाडौं । विश्व अर्थतन्त्रमा सन् २०२० मा रेमिट्यान्सको हिस्सा २० प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । बिहीबार विश्व बैंकद्वारा जारी गरेको प्रेस विज्ञप्ति अनुसार कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा २० प्रतिशतसम्म घट्ने छ ।
‘मध्यम आय भएका देशहरुमा सन् २०२० मा १९.७ प्रतिशतले अर्थात् ४ सय ४५ विलियन अमेरिकी डलर बराबरले रेमिट्यान्समा कमी आउनेछ । यसले बहुसख्यक मानिसको घरपरिवार र उसले भोग्नुपर्ने आर्थिक संकटको प्रतिनिधित्व गर्दछ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विश्व बैंकको एक अध्ययन अनुसार अति कम विकसित र मध्यम आय भएका देशहरुमा रेमिट्यान्सले गरिवी न्युनिकरण, कुपोषण रोक्न, शिक्षामा खर्च गर्न, बालश्रमिक कम गर्नका लागि ठुलो भुमिका खेलेको छ ।
बैंकले रेमिट्यान्सको गिरावटका कारण कम विकसित र मध्यम आय भएका देशहरुका जनताले शिक्षा, पोषण लगायतमा खर्च गर्न सक्दैनन् किनकी उनीहरु गुजारा टार्न समेत गाह्रो हुने दावी गरेको छ । विश्वबैंकले भनेको छ, ‘विकाससील देशहरुको मुख्य आय स्रोत भनेकै रेमिट्यान्स हो।’
त्यस्तै विश्व बैंकले सन् २०२० मा दक्षिण एसियामा २२ प्रतिशत अर्थात् १०९ विलियन युएस डलर बराबरको रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको छ । कोभिड १९ का कारण विश्व बजार नै लक भएको र विषेशगरी यस्तो अवस्थमा प्रबासी कामदारले रोजगारी गुमाउनेछन् भने कतिपयको तवलमा भारी कटौति हुनेछ । जसका कारण उनीहरुले आफ्नो देशमा पठाउने रकम समेतमा कमी आउदा रेमिट्यान्समा कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, दक्षिण एसियामा भित्रने रेमिट्यान्स विषेषगरी अमेरिका, वेलायत, युरोप र खाँडी क्षेत्रबाट हो । विश्व बजारमा तेलको मुल्यमा ओरालो लाग्नु र कोभिड १९को असरले दक्षिण एसियामा भित्रने रेमिट्यान्समा कमी आउने छ ।
विश्व बैकको अनुसार सन् २०१९ मा दक्षिण एसियामा रेमिट्यान्स ६. प्रतिशतले बढेको थियो ।
Facebook Comment