खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धताः सर्वेक्षण

डिसी नेपाल
११ वैशाख २०७७ १९:४७

मस्को । कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।

रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र ‘रोमिर’ले रूसी नागरिकहरूसँग गरेको सोधखोजका क्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणसँगै रूसमा विभिन्न एक हजार २०० सहभागीलाई ४० भन्दा बढी उत्पादन र सेवाका बारेमा गरिएका प्रश्नका आधारमा उक्त अध्ययन गरिएको थियो ।

खर्च कटौती, सामानको व्यक्तिगत सञ्चिति र सामानको मागसँगै बढ्नसक्ने मुल्यको सावधानीका साथ व्यवस्थापन गर्नु व्याप्त आर्थिक सङ्कटका समय व्यक्ति, सामाज र तथा प्रशासनको चुनौती भएको प्रतिक्रिया आएको रोमिरका अध्यक्ष एन्ड्रेइ मिल्योन्किनले बताए ।

सङ्कटका समय कम्तीमा आगामी छ महिना खर्चलाई कटौती गर्ने र आफ्नो खर्च योजनाको करिब २० प्रतिशत खाद्यान्न र ३७ प्रतिशत लत्ताकपडाबाट बचत गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी ५१ प्रतिशत अर्थात ६१२ जना उत्तरदाताले आफ्नो खाली समयलाई आगामी छ महिनासम्म कटौती गर्ने, २५ प्रतिशतले गरगहनामा, २९ प्रतिशतले अत्तर, ३४ प्रतिशतले फर्निचर र ३७ प्रतिशतले विद्युतीय तथा अन्य घरयासी सामानमा गरिने खर्चलाई कटौती गर्ने बताएका उल्लेख छ ।

औसतमा ४७ प्रतिशतले सार्वजनिक यातायात, २९ प्रतिशतले ट्याक्सी खर्च र ५६ प्रतिशतले निजी सवारी साधन कार तथा मोटरसाइकललाई आलोपालोमा चलाएर ५६ खर्चलाई कटौती गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *