काेराेना महामारी : इटली र स्पेनमा मृत्यु हुनेको संख्या लगातार घट्दो, बेलायतमा लकडाउन लम्बिने

डिसी नेपाल
१२ वैशाख २०७७ ८:४०

रोम। विश्वमा कोरोनाको इपिसेन्टर मानिने इटली र स्पेनमा कोरनोबाट मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ। पछिल्लो २४ घण्टामा इटलीमा ४ सय ३३ जनाको मृत्यु भएको छ।

पछिल्लो एक हप्तामा मृत्यु हुनेको संख्या यो सबैभन्दा कम हो। स्पेनमा पछिल्लो २४ घण्टामा ३ सय ९९ सय जनाको मृत्यु भएको छ। यसको अघिल्लो दिन स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१० थियो। फ्रान्समा पनि पछिल्लो २४ घण्टामा ३९५ जनाको मृत्यु भएको छ।

फ्रान्सका स्वास्थ्य अधिकारी जेरोम सालोमनका अनुसार लगातार पाँचौं दिन अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आएको छ। आईसीयूमा भर्ना हुनेको संख्या लगातार ११ औं दिन पनि घटिरहेको छ। युरोमा ११ लाख मानिस कोरोनाबाट संक्रमित छन्।

बेलायतमा लकडाउन तत्काल नहट्ने भएको छ। बेलायती प्रधानमन्त्री तत्काल लकडाउन खुलाउने पक्षमा नरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। बेलायतमा पीपीई किटको कमी भएको समाचार छ। जसका कारण स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन्।

जर्मनले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाउँदै १०.८१ लाख करोडको बिल पठाएको छ। जर्मनीले कोरोना कारण मुलुकमा उक्त रकम बराबरको क्षति भएको जर्मनीले दाबी गरेको छ। यसको विस्कृत सूची चर्चित पत्रिकार ‘विल्ड’ मा प्रकाशित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *