सबैभन्दा आत्मविश्वासी टिमको कोरोना भ्याक्सिन परीक्षण सुरु, उत्पादन सुरु भइसकेको छ

डिसी नेपाल
१२ वैशाख २०७७ ८:५७

काठमाडौं । बेलायतमा कोरोना भाइरसको भ्याक्सिन पहिलो पटक मानिसमा परिक्षण गरिएको छ । बिबिसीका अनुसार युरोप मै पहिलो पटक भ्याक्सिनको प्रयोग गरिएको हो । पहिलो चरणमा दुई जना स्वयंसेवकमा भ्याक्सिन दिइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले तीन महिना लगाएर बनाएको सो भ्याक्सिन लगाउने पहिलो स्वयंसेवक एलिसा ग्रानाटो हुन् । उनले बिबिसीसँग कुरा गर्दै आफु वैज्ञानिक भएको र आफु यस प्रक्रियामा सहभगी हुन् चाहेकाले भ्याक्सिनको प्रयोग गर्न तयार भएको बताएकी छन् ।

अक्सफोर्ड विश्वविद्यालयको यो भ्याक्सिन विकसित गर्ने समूहलाई सबैभन्दा आत्मविश्वसी टिम मानिएको छ । यो टिमले सेप्टेम्बरसम्म भाइरको परीक्षण पूरा गरिसक्ने जनाएको छ । टिमले परीक्षण पूरा भइसक्दासम्म भ्याक्स्नि बजारमा ल्याउनको लागि तयारी अवस्थामा रहोस् भन्ने उद्देश्यले भ्याक्सिनको उत्पादन नै सुरु गरिसकेको छ । ७ ठाउँमा भ्याक्सिनको उत्पादन सुरु भइसकेको छ र यसरी उत्पादन गर्ने कम्पनीहरु भारत र चीनमा समेत छन् ।

यो अध्ययनको नेतृत्व गरिरहेकी प्रोफेसन सराह गिल्बर्टले आफू यस अध्ययनमा निकै आशावादी रहेको बताएकी छन् । उनी आफु यस भ्याक्सिनले संक्रमण रोक्न सक्नेमा ८० प्रतिशत विश्वस्त रहेको बताएकी छन् । बाँकी यसको परिणाम हेरेर मात्र भन्न सकिने बताएकी छन् ।

यस भ्याक्सिनलाई ‘कमन कोल्ड भाइरस’ को फर्म्याटमा बनाइएको बताइएको भने यसलाई शुरुमा चिम्पान्जीमा प्रयोग गरिएको थियो भने यो मानिसमा संक्रमित रोक्न सफल हुने गरि बनाइएको दाबि गरिएको छ । यस भ्याक्सिनलाई बेलायतमा करिब ५ हजार सबै उमेर समूहका स्वयंसेवकमा परिक्षण गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *