प्रधानमन्त्रीलाई संकटमा पार्ने चलखेल र पर्दा पछाडिकाे तत्व

डिसी नेपाल
१२ वैशाख २०७७ ९:१५

मेरो बुझाइ गलत हुन सक्छ, अहिले जारी  दुइ अध्यादेश प्रधानमन्त्रीकाे रहर नभइ बाध्यता हाेला।  र, यही बाध्यताका कारण अहिले प्रधानमन्त्री अप्ठेरो अवस्थामा पर्नु भएको मैले बुझेको छु। हुन त प्रधानमन्त्री आफ्नै काम, कारवाही, सोचाइ र ज्ञानले धेरै अप्ठेरोमा पर्नुभयो कि! किनभने प्रधानमन्त्री अहिले त्यो तत्वबाट अप्ठेरोमा पर्नु भयो वा पारिनुभयो जुन तत्वले यसअघि पनि पटक पटक राजनीतिमा उथल पुथल ल्याउन भूमिका खेलेको थियो।

२०४६ सालमा जुन तत्वले तत्कालीन गतिविधि र आन्दोलनको मोडालिटी तय गर्यो, त्यही तत्वले ०५१ को कांग्रेसको जननिर्वाचित सरकारका प्रधानमन्त्री, तत्कालीन राजदबार, तत्कालीन संसदको प्रतिपक्ष एमाले र सत्ताधारी दलका नेतामा विग्रहको स्थिति ल्याएको थियो।

त्यतिबेला सत्तापक्ष, प्रतिपक्ष र दरबारबीचमा जुन किसिमको बिग्रह, विभाजन, द्वन्द्व र भूमिका देखिन पुग्यो त्यसमा पनि सम्भवतः कुनै न कुनै तत्व सक्रिय थियो।
तत्कालीन एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको दुर्घटना, २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्ध, ०५८ सालको राजदरबार हत्याकाण्ड, ०५९ को तत्कालीन राजा ज्ञानेन्द्रको कदम, ०६३ को तत्कालीन संसदीय राजनीतिक दल र सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीबीचको सम्झौता, संविधानसभाको निर्वाचन र राजतन्त्रको अन्त्यसम्मका घटनाहरुलाई बुझ्ने कोशिश गर्दा धेरै कुरा थाहा हुन्छ।

शान्ति सम्झौताका लागि भएका प्रयास र पृष्ठभूमि, त्यसपछिका गतिविधि र मुलुकमाथिको नाकाबन्दी, संविधानसभाबाट जारी संविधानप्रतिको असन्तुष्टि र त्यसका पक्षहरुसम्मलाई अध्ययन गर्दा र यसअघिको संघीय संसदको निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेको एकीकरण र संघीय संसदमा प्राप्त निर्वाचन परिणाम, नेकपाको सहज बहुमत दुई तिहाइ नजिकको बहुमत नेकपालाई जनताले दिएका थिए वा त्यस बेलाका नेता केपी शर्मा ओलीलाई दिएका थिए।

तपाइँ केपी शर्मा ओलीको राष्ट्रवादी छवि, वाकपटुता, कार्यशैली आँट, दृढता र सशस्त्र विद्रोहबाट आएको राजनीतिक शक्तिलाई आफ्नो पार्टीभित्र एकीकृत राखेर राष्ट्र चलाउन सक्ने नेता देखेर नै त्यो दुई तिहाई बहुमत नजिकको सहज बहुमत दिएका हुन् भनेर प्रधानमन्त्रीलाइ उक्साउने काम भइरहेकाे छ।

जसरी ०५१ मा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राज्य संचालन गर्ने टिम छनौटमा वा सहयोगी टिममा जसरी चुकेका वा गल्ती गरेका थिए, तिनैको सल्लाहले दुर्घटनामा परे भनिथ्यो। त्यसो त त्यो बेलाका पार्टी सभापति कृष्णप्रसाद भट्टराईको निर्वाचनमा पराजय, त्यसैगरी गणेशमानका श्रीमती र छोरा पनि पराजित हुनुमा कसको हात थियो भनेर अहिलेसम्म पनि भ्रम छँदैछ।

त्यसैगरी ०६३ मा तत्कालीन प्रधानसेतापति रुकमांगद कटुवालले सार्वभौम जनताको साथ छोडेर राजाको साथ लिन नेपाली सेनाले अहिलेको अवस्थामा कदाचित उचित नहुने तर्क गर्नु, यी सबै घटनाकै क्रममा नजिकबाट नियालेर अध्ययन गर्ने हो भने एउटै तत्वले वा नेपालमा सधैं द्वन्द्व चाहने, अस्थिरता चाहने र धमिलो पानीमा माछा मार्न पल्किएको उही एउटै तत्व हुन सक्छ।

जसले मुलुकका निर्णायक र राजनैतिक  अहम घटनाहरुमा पर्दापछाडिबाट सक्रिय भूमिका खेलिरहेको छ। त्यसैगरी वर्तमान प्रधानमन्त्री केपी ओलीलाई उहाँको टिमका दायाँबायाँ रहेका, देशी विदेशी सल्लाहकार मित्रहरुले गत संघीय संसदको निर्वाचनमा नेकपा पार्टी संगठनलाई जनताले पत्याएको वा बहुमत दिएको होइन। झलनाथ खनाल, माधव नेपाल वा प्रचण्डलाई हेरेर बहुमत दिएका होइनन्।

तपाइँ केपी शर्मा ओलीको राष्ट्रवादी छवि, वाकपटुता, कार्यशैली आँट, दृढता र सशस्त्र विद्रोहबाट आएको राजनीतिक शक्तिलाई आफ्नो पार्टीभित्र एकीकृत राखेर राष्ट्र चलाउन सक्ने नेता देखेर नै त्यो दुई तिहाई बहुमत नजिकको सहज बहुमत दिएका हुन्।

यो पाँच वर्ष तपाइँले गर्ने शासन, तपाइँको शैली तपाइँको टिम छनौटमा कसैले प्रश्न उठाउनै सक्दैन, पाउँदैन। यो पाँच वर्ष तपाइँले जे पनि र जसरी पनि गर्न सक्नुहुन्छ। त्यो सबै गर्ने तपाइँलाई सार्वमौम जनताको म्यान्डेट छ। त्यसैले तपाइँले गर्ने सबै काम जे जसरी गरेपनि असंवैधानिक हुँदैन। संविधान सम्मत हुन्छ, कानुन सम्मत हुन्छन्। यसो भनेर उहाँका नजिकका देशी विदेशी मित्रहरुले सल्लाह दिएको वा उक्साएको हुनसक्छन्।

हुन पनि वर्तमान प्रधानमन्त्री केपी ओली मैले बुझ्दा पनि धेरै अप्ठेरो अवस्थामा देख्छु। उहाँले जुन टिम छनौट गरेर अगाडि बढ्नु भयो, त्यो त्यागेर अर्को टिम बनाउन सक्ने अवस्था देखिँदैन।

लेखक : जगदीश दाहाल

खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरीको शिकार, उहाँको बुझाइमा उहाँलाई दिएको जनताको म्याण्डेट यो पाँच वर्ष आफैं प्रयोग गर्न चाहनुहुन्छ। उहाँ अर्को कसैलाई पनि दिन चाहुनुन्न। तर उहाँका लागि दुर्भाग्य न उहाँका टिमका मान्छे विकासको संभावना देख्ने र विकास गर्न सक्ने, आर्थिक समृद्धि पहिल्याउने र डोहोर्याउन सक्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि नियाल्न सक्नेमध्ये कुनै पनि क्षमताका देखिएन।

उहाँलाई उक्साउने गलत बाटो हिँडाउने आफ्नो स्वार्थ पूरा गर्ने, अर्थोपार्जन गर्ने र आफन्तलाई जागिर खुवाउने नियतले उहाँसँग सँगै बसेका मात्रै देखियो। यसरी हेर्दा प्रधानमन्त्री साँच्चिकै अप्ठेरोमा हुनुहुन्छ।

किन पनि भने मुलुकमा स्थायित्व नचाहने, सधैं अस्थिरता तिर मुलुकलाई धकेल्ने प्रधानमन्त्री कार्यकारी प्रमुखलाई ट्रयापमा पारेर गैरकानुनी र गैरसंवैधानिक काम कारवाही गराउने, त्यसका विरुद्ध विपक्षी दल र जनतालाई आन्दोलित पार्ने जस्ता कुरा त विगत देखि नै हाम्रो मुलुकमा हुने वा गराइने गरिएकै थियो। अहिले भएका घटनाक्रम नेपाली राजनीतिका लागि नौलो होइनन् ।

यस्ता घटना पहिले पनि भइरहेका थिए । अहिलेका घटना यिनै क्रमबद्धताको निरन्तरता मात्रै हो । यी अवसरवादी तत्वले मुलुकमा स्थायित्व भयो, मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्यो भने लाभ लिन पाउँदैनन् । मुलुकको लागि, जनताको लागि प्रतिकूल अवस्था उनीहरुको लागि अनुकूल हुन्छ त्यसैले उनीहरु सधैं अप्ठ्यारो परिस्थिति बनाइराख्न चाहन्छन् ताकि उनीहरुको लाभको सिलसिला निरन्तर चलिरहोस् ।

सधैं अस्थिरता तिर मुलुकलाई धकेल्ने प्रधानमन्त्री कार्यकारी प्रमुखलाई ट्रयापमा पारेर गैरकानुनी र गैरसंवैधानिक काम कारवाही गराउने, त्यसका विरुद्ध विपक्षी दल र जनतालाई आन्दोलित पार्ने जस्ता कुरा त विगत देखि नै हाम्रो मुलुकमा हुने वा गराइने गरिएकै थियो। अहिले भएका घटनाक्रम नेपाली राजनीतिका लागि नौलो होइनन् ।

वर्तमान प्रधानमन्त्री जुन राजनीतिक पृष्ठभूमि र जुन पार्टीबाट जनताको मत प्राप्त गरेर प्रधानमन्त्री हुनु भयो, त्यसको सिद्धान्त र व्यवहारको आधारमा वर्तमान प्रधानमन्त्रीलाई गैरकानुनी र गैरसंवैधानिक बाटो हिँड्ने सल्लाह दिएर संवैधानिक आयोगहरु, न्याय निरुपण गर्ने निकाय सरकारको नियन्त्रणमा लैजान लगाउने, संवैधानिक सन्तुलन खलबल्याउन लगाउने, विपक्षीहरुलाई सडकमा उतार्ने, जनतलाई आन्दोलित र भयभित पार्ने मुलुकलाई द्वन्द्वमा फसाएर आर्थिक रुपमा मुलुक तहसनहस बनाइ दिने र समग्र मुलुकलाई नै परनिर्भर तुल्याएर पर्दा पछाडिबाट अदृष्य शक्तिले शासन गर्न र अधिनायकवाद लाद्न प्रधानमन्त्रीलाई गलत सल्लाह र भ्रममा पारेर अगाडि बढाइएको प्रस्ट देखिन्छ । यदि म गलत होइन भने अहिलेको घटनाक्रमले पनि त्यही देखाउँछ। यस कारणले प्रधानमन्त्री अहिले अप्ठेरो अवस्थामा हुनुहुन्छ।

दुखको कुरा के पनि हो भने यस्तो अवस्थामा प्रधानमन्त्रीका आफ्नै दलका नेता वुद्धिजिवी संविधानविद् यी सबैले मुलुक अस्थिरतातिर जाने खतरा देख्नु, त्यस्तो तत्व चिन्नु र प्रधानमन्त्रीलाई सही दिशातर्फ हिँड्न सजिलो पार्नुपर्ने हो ।

तर, यसतर्फ भन्दापनि तर्साउने, हप्काउने र असहयोग गर्ने कुराले मुलुकनै अप्ठेरोमा पर्नसक्ने त छँदैछ, आफूलाई संविधानविद भनाउनेहरु र आफूलाई राजनीतिक विश्लेषक भनाउनेहरुले समेत २०४६ देखि २०७६ सालसम्म मुलुकमा अस्थिरता निम्त्याएर रमाउने लाभ लिने र मुलुकलाई र सरकारलाई संकटमा पार्ने त्यो तत्वलाई किन चिन्दैनन्? चिनेर पनि किन नाम लिन चाहँदैनन्? र, प्रधानमन्त्रीको अप्ठेरो किन बुझ्दैनन्? त्यो देख्दा र हेर्दा अचम्म लाग्छ।

हुन त मैले वा मजस्तै अरु कोहीले वा प्रधानमन्त्रीको कुर्सीमा नपुगेका कसैलाई पनि प्रधानमन्त्रीको अप्ठेरो के हो भनेर थााहा हुने कुरा भएन। थाहा भएका पूर्व प्रधानमन्त्रीहरु जो बुझेका छन् ती किन बोल्दैनन्? र, जनतासामु स्पष्ट कुरा किन राख्दैनन्?

तर जे होस अहिलेको प्रधानमन्त्रीको अप्ठेरो बुझ्ने र प्रधानमन्त्रीलाई लोकतान्त्रिक बाटोमा हिँडाउने जिम्मेवारी भनेको पूर्व प्रधानमन्त्रीको अनुभव हासिल गरेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई अरु पनि भए सबै एक ठाउँमा बसेर राष्ट्रिय हित विपरित लोकतान्त्रिक विपरित, गैर संवैधानिक र गैरकानुनी बाटो हिँड्नबाट प्रधानमन्त्रीलाई रोक्ने र सही बाटो हिँडाउने प्रधानमन्त्रीलाई गलत सल्लाह दिने र उक्साहटमा पार्ने तत्वलाई औंल्याउने, परास्त गर्ने र प्रधानमन्त्रीलाई सही बाटोमा हिँडाउने काम पूर्व प्रधानमन्त्रीहरुको जवाफदेही र जिम्मेवारी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *