वेस्टईण्डिज क्रिकेट बोर्ड आर्थिक संकटमा

डिसी नेपाल
१२ वैशाख २०७७ ११:०६

काठमाडौं । वेस्टइण्डिजको क्रिकेट बोर्डले अहिले आर्थिक संकटको सामना गरिरहेको छ। वेस्टइण्डिज क्रिकेट बोर्ड (सिडब्ल्यूआई) ले जनवरी देखि खेलाडीहरुलाई खेल शुल्क झुक्तानी गरेको छैन। आर्थिक संकटनै झुक्तानी ढिलाइ को कारण मानिएको छ। हुनत वेस्टइण्डिज क्रिकेट बोर्डको आर्थिक अवस्था पहिले देखीनै राम्रो थिएन। कोविड १९ महामारी पछि अब बोर्डको समस्या झन बढेको छ। बोर्डले अन्तर्राष्ट्रिय स्तरका ११ पुरुष खेलाडीहरु ४ महिला खेलाडीहरूको खेल शुल्क बाकि छ। आर्थिक मारमा सबैभन्दा बढी वेस्टइण्डिजका घरेलु खेलाडीहरू परेका छन ।

वेस्टइण्डिजले गत जनवरीमा आयरल्याण्डको बिरूद्ध घरेलु श्रृंखला खेलेको थियो र फेब्रुअरी–मार्चमा श्रीलंका भ्रमण गरेको थियो। वेस्टइण्डिज क्रिकेट बोर्डले फेब्रुअरी २०२० को अन्तमा तिर्नुपर्ने जनवरीदेखिका खेल शुल्क तिर्न सकेको छैन ।

पुरुष खेलाडीहरूले आयरल्याण्ड बिरुद्धको एकदिवसीय र टि २० घरेलु सिरीज र श्रीलंका भ्रमणको एकदिवसीय र टि २० सिरीजको को खेल शुल्क प्राप्त गरेका छैनन् । साथै फेब्रुअरी–मार्चमा अष्ट्रेलियामा खेलीएको अन्तर्राष्ट्रिय महिला टीम टी २० वर्ल्ड कपमा खेलेको खेल शुल्क महिला खेलाडीहरुले पाएका छैनन। सबैभन्दा बढी क्षति भोग्ने घरेलु खेलाडीहरू छन, उनीहरुले वेस्टइण्डिज २०२० च्याम्पियनशिपको लागि खेलेको खेल शुल्कहरु पाएका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *