टप प्लेब्वाय मोडलहरुको दर्दनाक अन्त्यः पतिले बलात्कार गरेर मारे, कसैलाई सुटकेसमा कोचे
काठमाडौं। विश्वप्रसिद्ध बयस्क म्यागजिन प्लेब्वायकी पूर्व मोडल एश्ले म्याटिंग्लीले गत हप्ता आफैंलाई गोली हानेर आत्महत्या गरिन् । उनी यसरी दर्दनाक तरिकाले ज्यान गुमाउने पहिलो मोडल होइनन् । यसअघि पनि कैयौं ‘प्लेमेट’हरुको निकै दर्दनाक तरिकाले अन्त्य भएको छ । ती मोडलहरुमध्ये केहीको बलात्कारपछि हत्या भएको छ, केहीले दुर्घटनामा ज्यान गुमाएका छन् भने केहीको हत्या गरेर सुटकेशभित्र कोचिएको अवस्थामा लाश भेटिएको छ ।
प्लेमेट मिस मार्च २०११ उपाधि जितेकी ३३ वर्षीया एश्ले अमेरिकाको टेक्सासस्थित घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको परिवारका अनुसार उनले आत्महत्या गरेको विश्वास गरिएको छ किनकि उनले सुसाइड नोटसमेत छाडेकी थिइन् । एश्ले मदिरा र दुर्व्यसनीसँग जुधिरहेकी थिइन् । साथमा उनले पाइलटको कोर्स पनि गर्दै थिइन् । यसअघि पनि कैयौं प्लेमेटहरुको यस्तै दर्दनाक मृत्यु भएको थियो ।
स्टेफनी एडम्सः ७ वर्षको छोरासँग होटलबाट हाम्फालेर मृत्यु
पूर्व प्लेमेट स्टेफनी एडम्सको होटलबाट भुइँमा हाम्फालेर भएको थियो । स्टेफनीसँगै उनका ७ वर्षका छोराको पनि मृत्यु भएको थियो । मे २०१८ मा न्यूयोर्कको एक होटलको २५ औं तल्लाबाट स्टेफनीले पहिले छोरालाई तल फ्याँकेर आफूले पनि हाम्फालेकी थिइन् । उनको आफ्ना पूर्वपतिसँग छोराको संरक्षकत्वका विषयमा विवाद चलिरहेको थियो ।
ज्यासमिन फियोरः निर्घात कुटेर हत्या गरी सुटकेसमा कोचियो
२८ वर्षकी पूर्व प्लेब्वाय मोडल ज्यासमिन फियोर २००९ अगष्टमा मृत अवस्थामा सुटकेसमा कोभिएको अवस्थामा फेला परेकी थिइन् । रक्ताम्स सुटकेस क्यालिफोर्नियाको एउटा गल्लीमा फ्याँकिएको अवस्थामा भेटिएको थियो । ज्यासमिनका औंलाहरु र दाँतहरु भाँचेर फ्याँकिएका थिए । उनको शरीर क्षत विक्षत पारिएको थियो । उनको पहिचान लुकाउनका लागि यस्तो गरिएको विश्वस गरिएको छ । यद्यपि उनले स्तनको सर्जरी गराएकी थिइन् र यसैको सिरियल नम्बरबाट उनको पहिचान भएको थियो ।
जेन म्यान्सफिल्डः तीव्र गतिको कार दुर्घटनामा मृत्यु
जेन म्यान्सफिल्ड आफ्नो ४० इन्चको स्तनका कारण चर्चित थिइन् । १९६७ को जूनमा ३४ वर्षको उमेरमा उनी सवार तीव्र गतिको कारले अमेरिकाको लुसियानामा पछाडिबाट ट्रेलरलाई ठक्कर दिँदा उनको मृत्यु भयो । दुर्घटनामा कारको माथिल्लो भाग पूरै उछिट्टिएको थियो । दुर्घटनामा जेनका ब्वाइफ्रेण्ड र कार चालकको समेत मृत्यु भएको थियो ।
क्रिस्टिना कार्लिन क्राफ्टः बेडमै घाँटी थिचेर मारियो
ओलिभ रंगको छाला र हरियो आँखाका कारण चर्चित मोडल क्रिस्टिना ३६ वर्षको उमेरमा पेन्सलभेनियास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानमा उनलाई ३१ वर्षका जोनाथन ह्यारिस नामका व्यक्तिले बेडमै घाँटी थिचेर मारेको खुलासा भएको थियो । उनले हत्याको क्रममा क्रिस्टिनाको हात समेत बाँधेको पाइएको थियो । मे २००९ मा प्लेब्वाय साइबर गर्लको उपाधि जितेकी क्रिस्टिनाले भिक्टोरियाज सिक्रेट र म्याक्सिम म्यागजिनको लागि पनि काम गरेकी थिइन् ।
डोरोथी स्ट्राटेनः आफ्नै पतिले बलात्कार गरी हत्या
डोरोथीले सन् १९८० मा प्लेमेट अफ द इयरको उपाधि जितेकी थिइन् । २० वर्षकी यी मोडललाई अर्की मार्लिन मुनरोको रुपमा हेरिन्थ्यो । तर, उनले उपाधि जितेकै वर्ष उनका विवादित पतिले उनलाई बलात्कार गरी गोली हानेर मारिदिए । उनले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए । हत्यापछि उनले डोरोथीको शवलाई पूर्णतः नग्न अवस्थामा छाडेका थिए । उनका पति डोरोथीको सफलताबाट जलेर यस्तो गरेको अनुमान गरिएको छ ।
क्यासेन्डा लिन हेन्सलेः बाथटबमा दुर्घटना
पूर्व प्लेमेट म्यासेन्ड्रा २०१४ को जनवरीमा बाथटबमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यतिबेला उनको उमेर मात्रै ३४ वर्ष थियो । २००६ मा प्लेमट मिस फेब्रुअरीको उपाधि जितेकी यी मोडल मृत्युका बेला कोकिनको नशामा रहेको विश्वास गरिन्छ । उनको परिवारले पनि उनको मृत्यु ड्रग्सको ओभरडोजका कारण भएको बताएका थिए ।
भेट्टे भिकर्सः महिनौंसम्म ‘ममी’ बनाएर राखियो
यी मोडल अप्रिल २०१ मा लस एन्जल्सस्थित घरमा ममीफइ गरिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु झण्डै एक वर्ष अगाडि भइसकेको थियो तर उनको शवलाई ममी बनाएर राखिएको थियो । उनी जुन १९५९ मा प्लेमेट अफ द मन्थ घोषित भएकी थिइन् ।
येस्स्तो पेसा र life style भएका युवती हरुले असल ब्येक्तितो भयेका ब्येक्ती हरुको सम्पर्कमा आउन सक्दैन र जीवन को अन्त्ये पनि तेस्तै नै हुन्छ।