वुहान डायरीमा के छ ? जोसँग चीन अत्यन्तै डराइरहेको छ, लेखिकालाई ज्यान मार्ने धम्की

डिसी नेपाल
१२ वैशाख २०७७ ११:५२

काठमाडौं। चीनको वुहान शहरमा लकडाउनको क्रममा एक लेखिकाले लेखेको डायरी पुस्तकको रुपमा सार्वजनिक भएको छ । चीनको वुहान शहरमा कोरोनाभाइरसको महामारी फैलिएका बेला फै. फेंग नामकी लेखिका शहरमै थिइन् । उनले हरेक दिन डायरी लेख्थिन् । यही डायरी अहिले पुस्तकको रुपमा प्रकाशित भएको हो । यो डायरीमा फेंग फेंगले आफ्नै आँखाले देखेको वुहान शहरको वास्तविक विवरण लेखिएको बताइएको छ ।

फेंग फेंगले डायरीमा वुहान शहरको मृत्यु, शोक र यातनाको पूरै विवरण लेखेकी छिन् । सुरुसुरुमा चीनका नागरिकहरु पनि उनका फ्यान थिए तर यो पूरै पुस्तक जर्मन र अंग्रेजी भाषामा प्रकाशित हुने भनिएपछि अहिले लेखिकालाई ज्यान मार्ने धम्की आउन थालेका छन् । अवार्ड विजेता फेंग फेंगलाई अहिले ज्यान मार्ने धम्की आइरहेका छन् । धम्की चीनले नै दिएको बताइएको छ । यो डायरीमा वुहान शहरमा ७६ दिनसम्म चलेको लकडाउनको पूरै विवरण लेखिएको बताइउको छ । फेंग फेंगले यसमा वुहानको स्थिति, चिनियाँ अधिकारीका कामहरु, अस्पतालमा बिरामीको दुर्दशा, श्मशान र चिहानघाटमा फैलिएको शोकको बारेमा लेखेकी छिन् ।

फेंग फेंगको वुहान डायरी अंग्रेजी र जर्मन भाषामा छापिएको छ । फेंग फेंगले यसको अनलाइन संस्करणमा कूल ६४ पोस्ट गरेकी छिन् । उनले कुनै पत्रकारले जस्तै जे देखिन्, जे सुनिन् त्यो सबै लेखिन् । जतिबेला विश्वले कोरोनाभाइरसको बारेमा केही थाहा पाएको थिएन त्यतबेलै उनले डाक्टरको हवाला दिँदै यो निकै संक्रामक रहेको बताइन् । फेंग फेंगले १३ फेब्रुअरीको पानामा एउटा चिहानघाटको फोटोसहित लेखेकी छिन् ‘मलाई यो तस्वीर एक जना डाक्टर मित्रले पठाए । यहाँ चारैतिर जमिनमा मोवाइल फोन छरिएका छन् । कुनै बेला यी मोवाइलको कुनै मालिक पनि थियो होला ।’

१७ फेब्रुअरीको पानामा उनले लेखेकी छिन् ‘अस्पतालहरु केही दिनसम्म मृत्यु प्रमाणपत्र बाँड्दै रहनेछन् । शव वाहनहरुमा कैयौं शवहरु श्मशानसम्म पुर्याइँदै हुनेछ र यी वाहनहरुले कैयौं चक्कर लगाइरहेका हुनेछन् ।’ फेंग फेंगले केवल मृत्युको ताण्डवबारे मात्रै लेखिनन् । उनले अस्पतालको दुर्दशाबारे पनि लेखिन् । अस्पतालमा ठाउँ छैन । डाक्टरले बिरामी हेर्न भ्याइरहेका छैनन् । कसैलाई कसैको चिन्ता छैन । उनले यो पनि लेखिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *