एसडी बर्मनको नामबाट बनेको मास्टर ब्लास्टर, सचिन तेन्दुलकर सँग सम्बन्धित रोचक कुराहरु
काठमाडौं । शुक्रबार सचिन तेन्दुलकरको ४७ औं जन्मदिन हो, जो क्रिकेटका मास्टर ब्लास्टरको रूपमा चिनिन्छन्। यद्यपि सचिन तेन्दुलकरले आफ्नो ४७ औं जन्मदिन कोरोना भाइरसको कारण नमनाउने निर्णय गरेका छन । कोरोना भाईरसको सम्मानमा सचिनले यो निर्णय लिएका हुन। सचिन तेन्दुलकरको जीवन सँग सम्बन्धित केही रोचक कुराहरु जान्नुहोस्।
– क्रिकेटका भगवानले आफ्नो नाम प्रख्यात संगीतकार सचिन देव अर्थात् एसडी बर्मनको नामबाट पाएका थिए। उनका बुबा रमेश तेन्दुलकर एसडी बर्मनको प्रशंसक थिए।
– १६ वर्षको उमेरमै घुमाउरो कपाल भएका सचिनले १९८९ मा पाकिस्तान बिरुद्ध डेब्यु खेल खेलेका थिए। यसै खेलमा वकार युनुसको बलमा सचिनलाई नाकमा चोट लाग्यो र रगत बग्न थालेको थियो ।
– सचिन तेन्दुलकर विश्वमै १०० शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन्। यस बाहेक उनको नाममा टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रनको रेकर्ड पनि रहेको छ । सचिनले टेस्टमा १५ हजार ९ सय २१ रन बनाएका थिए भने एकदिवसियमा १८ हजार ४ सय २६ रन बनाएका थिए ।
– सचिनले सर्वाधिक खेल एकदिवसिय (४६३) र टेस्ट (२००) खेलेका छन। खेलमा उनी सर्वाधिक ६२ पटक म्यान अफ दि म्याच भएका छन। विश्वकप क्रिकेट इतिहासमा सबैभन्दा बढी २ हजार २ सय ७८ रन को रेकर्ड पनि सचिनको नाममा छ।
– सचिनको नाममा ए बिलियन ड्रिम्स फिल्म पनी बनेको छ। यस फिल्ममा सचिन आफ्नो कथा सुनाउछन। सचिनले आफ्नो प्रशिक्षक रमाकान्त आचरेकर लाई सधै धन्यवाद दिई रहन्छन। उनको प्रशिक्षक आचरेकरको २ जनवरी २०१९ मा मृत्यु भएको थियो ।
कोरोना भाइरस विरुद्ध लड्न सचिनले २५ लाख पिएम केयरर्स लाई र २५ लाख भारतीय रुपैयाँ महाराष्ट्राका मुख्यमंत्री राहत कोषलाई दिएका छन्। उनले कोरोना भाईरसको सम्मानमा आफ्नो जन्मदिन मनाइरहेका छैनन्। तर विभिन्न फ्यान क्लबहरू आ–आफ्नै तरिकाले अनुभवी ब्याट्सम्यान लाई जन्मदिनको शुभकामना दिई रहेका छन ।
Facebook Comment