यो जोडीले २५ दिनपछि बल्ल थाहा पाए – ‘कोरोनाले त संसार सिध्याइसकेछ’

डिसी नेपाल
१२ वैशाख २०७७ १३:३५

काठमाडौं। पूरै विश्व कोरोनाभाइरससँग जुधिरहेको थियो । तर, यो जोडीलाई त्यसबारे पत्तै थिएन । उनीहरु आफ्नै संसारमा थिए । यो जोडी त्यतिबेला समुद्रमा यात्रा गरिरहेका थिए । जब समुद्री यात्रा सकेर उनीहरु किनारामा आए त्यसपछि बल्ल उनहिरुलाई थाहा भयो – कोरोनाले त संसार सिध्याइसकेछ । २५ दिनपछि मात्र उनीहरुले थाहा पाए विश्व कोरोनाभाइरसको प्रकोपमा छ ।

बेलायतको म्यानचेटरका रयान ओसबोर्न र उनकी पत्नी एलेना मनिगेट्टीले साथमा विश्व भ्रमण गर्ने योजना बनाएका थिए । यसको लागि उनीहरुले पहिले पैसा जम्मा गरे । आफूहरुलाई विश्व यात्राका लागि पुग्नेजति पैसा जम्मा भएपछि रयानले जागिर पनि छोडे । त्यसपछि उनीहरुले एउटा याट किने । उनीहरुले यही याटमा बसेर लामो समुद्री यात्रा गर्ने योजना बनाएका थिए ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार फेब्रुअरीको अन्तिम सप्ताहमा यो जोडीले क्यानरी आइल्याण्डबाट आफ्नो विश्व यात्रा सुरु गरे । क्यानरी आइल्याण्ड उत्तर पश्चिम अफ्रिकाको किनारामा एटलान्टिक महासागरमा छ । यहाँबाट आफ्नो यात्रा सुरु गरेका रयान र एलेनाले ब्राजिलको उत्तरी इलाकामा स्थित सेन्ट विन्सेट द्वीपलाई गन्तव्य बनाएर यात्रा अगाडि बढाए । उनीहरुले आफ्नो परिवारलाई आफूहरुले विदा मनाइरहेका बेला कुनै अशुभ समाचार नसुनाउनु भनेका थिए । यही कारण कसैले पनि कोरोनाभाइरस महामारीबारे उनीहरुलाई जानकारी दिएनन् ।

२५ दिन समुद्रमा यात्रा गरेपछि उनीहरु सेन्ट विन्सेट द्वीप पुगे । त्यहाँ पुगेपछि मात्र उनीहरुले विश्वको अवस्था थाहा पाए । यी दुवैले कोरोना महामारीको जानकारी त्यतिबेला पाए जब उनीहरु सेन्ट विन्सेट द्वीप पुगे । त्यतिबेलासम्म यो महामारी विश्वभरी फैलिइसकेको थियो र देशहरुले सीमा सिल गरिसकेका थिए । यो क्यारेबियन द्वीपका सीमाहरु पनि सील भइसकेका थिए र उनीहरुलाई द्वीपमा जानबाट रोकियो । क्रुज जहाजका हजारौं यात्रहिरुलाई पनि समुद्रमै राखिएको थियो ताकि यदि उनीहरु ंक्रमित भएमा जमिनमा संक्रमण नफैलियोस् ।

एलेना र रयानले ब्लग सेलिङ किटिवेकमा भने ‘फेब्रुअरीमा हामीले सुनेका थियौं कि चीनमा एउटा भाइरस थियो । तर, २५ दिनपछि क्यारेबियन आइल्याण्डमा हामीले पूरा जानकारी पायौं । हामीले थाहा पायौं कि कोरोनाभाइरसको प्रभाव निकै नराम्रोँग पूरै विश्वमा फैलिइसकेको छ ।’ रयानले भने ‘जब हामी किनारामा पुग्यौं त्यसपछि मात्र थाहा भयो पक यो भाइरस अहिलेसम्म सकिएको छैन ।’ यी दुईलाई क्यारेबियन आइल्याण्डमा जान अनुमति दिइएन । रयानले आफूहरु २५ दिनदेखि समुद्रमै रहेको बताउँदै आफूहरुको जीपीएस हिस्ट्र्री देखाएपछि मात्र उनीहरुलाई सेन्ट विन्सेटमा जान अनुमति दिइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *