विश्वमा खेल गतिविधि शुन्य हुदा, ताजकिस्तानमा भने फुटबल लिग जारी

डिसी नेपाल
१२ वैशाख २०७७ १३:४७

काठमाडौं । विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विश्वका अधिकांश देशमा खेलकुद गतिविधी ठप्प रहेका छन् । तर कोरोना भाइरसको संक्रमण न्युन रहेको ताजिकिस्तानमा भने खेलकुद गतिविधी जारी नै रहेको छ । ताजिकिस्तानको घरेलु फुटबल सुपर कप लिग गत हप्ताबाट सुरु भएको छ ।

करिब ९० लाख जनसंख्या भएको ताजकिस्तानमा अहिले सम्म कोरोना संक्रमित १ जाना ब्यक्ति पनी भेटिएका छैनन ।

ताजिकिस्तानको लिग फुटबल अन्तर्गत भएको पछिल्लो खेलमा इस्तिक्वोल दुसान्वी र खातलोनले २–२ गोलको बरावरी खेली अंक बाडेका छन् । यो बरावरी पछी दुसान्वीले दोस्रो स्थानमा रहेको खातलोन भन्दा ७ अंकको अग्रता लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *