इङ्ग्लिस क्लब चेल्सीले खेलाडीहरुको तलब कटौती गर्ने तयारी

डिसी नेपाल
१२ वैशाख २०७७ १४:११

काठमाडौं । कोरोना भाईरसको संकटलाई मध्यनजर गर्दै इंग्लिस क्लब चेल्सीका खेलाडीहरुले तलब कटौती गर्ने भएका छन् ।

तलब कटौती गर्ने बिषयमा चेल्सीका खेलाडीहरुसँग छलफल भैरहेको छ । चेल्सीका खेलाडीहरुसंग १० प्रतिशत तलब कटौतीका लागि छलफल भैरहेको हो ।

चेल्सीका निर्देशक मारिना ग्रनोभास्किया र कप्तान सेजर सेजर एजपिलीक्वेटाबीच छलफल चलिरहेको बताईएको छ । कोरोना भाईरसको कारण क्लबको आर्थिक संकटलाई मध्यनजर गर्दै प्रिमियर लिग क्लबले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि आग्रह गरेको छ । तर, इंग्ल्यान्डका कुनै पनि क्लबका खेलाडीले तलब कटौती गरेका छैनन् ।

स्पेनिस क्लब रियल मड्रिड, बार्सिलोना, जर्मनीका वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबका खेलाडी भने तलब कटौतीका लागि सहमत भईसकेका छन् । कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । लिग पुनस् सुरु हुने मिति अझै तय भएको छैन । लिगका केहि क्लबको १० र केहीको ९ खेल खेल्न बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *