‘विश्व स्वास्थ्य संगठनमा फर्किने प्रश्नै छैन, आवश्यक परेमा आफैं संगठन बनाउँछौं’
काठमाडौं। कोरोनाभाइरसको सबैभन्दा विकराल रुप अमेरिकामा देखिएको छ । यहाँ अहिलेसम्म ८ लाख ८६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । करिब ५० हजारले ज्यान गुमाइसकेका छन् । यही बीचमा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले फेरि विश्व् स्वास्थ्य संगठनलाई सहयोग गर्ने सम्भावना नरहेको बताएका छन् । उनले आवश्यक परेको अवस्थामा अमेरिकाले स्वयं स्वास्थ्यसम्बन्धी विश्वव्यापी संगठन बनाउने बताए ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरोप लगाउँदै उसलाई दिने अनुदान रोकिदिएको थियो । अब माइक पोम्पियोले अझै आक्रामक संकेत गरेका छन् । फक्स न्यूजलाई दिएको एक अन्तरवार्तामा पोम्पियोले भने ‘अब केवल विश्व स्वास्थ्य संगठनको नेतृत्व परिवर्तन गर्ने समय होइन बरु संगठन नै बदल्ने समय हो । अमेरिका अब कहिल्यै पनि यो संगठनमा फर्किने छैन ।’
पोम्पियोले अगाडि भने ‘यदि संगठनले सही तरिकाले काम गरेको भए हामी त्यहाँ फेरि जोडिनेबारे सोच्न सक्थ्यौं तर अब हामी विश्वमा आफ्ना मित्रराष्ट्रहरुसँग यस्तो संरचनामा काम गर्नेछौं जसले सही नेतृत्व दिन सक्छ ।’ विश्व् स्वास्थ्य संगठनमा अमेरिकाको अनुदान सबैभन्दा बढी थियो । अमेरिकाले मात्र संगठनको कूल बजेटको १५ प्रतिशत खर्च दिन्थ्यो ।
WHO ले अहिले के गर्दै छ? येदि खासै केही छैन भने येस्को औचित्ये केहोत?