बेलले आफु जन्मेको अस्पताललाई दान गरे ५ लाख पाउण्ड

डिसी नेपाल
१२ वैशाख २०७७ १५:५६

काठमाडौं । रियल म्याड्रिडका स्टार फुटबलर जेरेथ बेलले कार्डिफ अस्पताललाई ५ लाख पाउण्ड दान गरेका छन । उनले कोरोना भाइरस महामारीको बिरूद्ध लड्न आफु जन्मेको अस्पताललाई ५ लाख पाउण्ड दान गरेका हुन ।

करिब ७ बर्ष अघि स्पेनको प्रख्यात क्लबमा सामेल भए पछि चारवटा च्याम्पियन्स लिग उपाधि जित्ने बेलले कार्डिफ एण्ड वेल हेल्थ बोर्ड द्वारा गरिएको ट्वीटमा दान गर्ने घोषणा गरेका हुन ।

उनले भने – “म ति स्वास्थ्यकर्मी हरुलाई धन्यवाद दिन चाहन्छु जसले कडा परिश्रम गरे र कोरोना महामारीको बिरूद्धको यो संघर्षमा बलिदान दिए। वेल्सको विश्वविद्यालय अस्पतालको लागी मेरो मुटुमा एक विशेष ठाउँ छ। जहाँ म जन्मिएको थिएँ।”

उनले भने – “म र मेरो परिवार यो संकटमा उहाँहरु सँगै उभिन चाहन्छौं। तपाईंहरु एकदमै महान काम गर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद।”

बुधवार सम्ममा वेल्समा यो महामारीको कारण ६२४ जानाले ज्यान गुमाईसकेका छन भने ८ हजार भन्दा बढी मानिसहरू संक्रमित छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *