निरन्तर सतर्कताका लागि काँग्रेसको अपिल
काठमाडौं । नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गरेका छन् ।
पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ ।
प्रतिक्रिया
Facebook Comment