केन्यामा लकडाउनको कारण मानिसहरु भोकले छटपटिदै (तस्वीरमा)
काठमाडौं । विश्व कोरोनाभाइरस सँगको युद्ध लडिरहेको छ। तर, यो युद्धमा केही यस्ता देशहरु छन् जुन देश कोरोना भाइरसको अगाडि घुँडा टेक्न बाध्य भएका छन ।
यीनै देशहरु मध्ये एक देश हो केन्या । जहाँ खाना जुटाउन भगदौड मच्चिएको छ। अन्त्यमा प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्न प¥यो । सो भागदौडमा महिला र बच्चाहरू लगायत धेरै व्यक्ति घाइते भए ।
केन्यामा हालसम्म कोरोनाभाइरसका १ सय ८९ घटनाहरू अगाडी आएका छन्। अहिले सम्म केन्यामा यो रोगबाट सात जनाको मृत्यु भएको भने २२ व्यक्तिहरु पूर्ण रूपले निको भइसकेका छन। यो देशमा कोरोनाभाइरस संक्रमणको संख्या अन्य देशहरूको तुलनामा कम छ । तर, पनि याहाँ दैनिक ज्यालादारी गरेर खाने मजदूरहरूलाई खाना जुटाउन असम्भव भइरहेको छ ।
एक स्थानीय व्यक्ति एभलीन केमुन्टोले भने, ‘यो भागदौडमा धेरै व्यक्तिहरू घाइते भएका छन्। दुई जना जुम्ल्याहाको साथ यहाँ आएका एउटी आइमाई पनि घाइते भएकी छिन। उनी आफ्ना जुम्ल्याहा हरुलाई खोजिरहेकी छिन्’। केमुन्टोले भने, ‘हामी खानेकुराको लागि यहाँ आएका छौं किनभने हामी भोकाएका छौं।’
मोटर ट्याक्सी सञ्चालन गर्ने ४३ वर्षीय रिचर्ड अगुटु कोङोले भने, ‘मानिसहरुले लोकप्रिय विपक्षी नेता रईला ओडिङले खाना बाडिरहेको भनेर सुने, किनभने याहा अरु कसैले खाना बाडिरहेका छैनन। तर खाना त केवल केही छनौट गरिएका परिवारहरू लाई मात्रै प्रदान गरिएको थियो।’ कोङगोले भने, ‘कार्ड भएका ब्यक्तिहरुलाई मात्रै खानाको प्याकेट दिइयो। त्यसकारणले गर्दा त्यहाँ भागदौड मच्चियो।’ उनले भने, ‘जनताले सरकारको नियम १ मिटरको दूरी कायम राख्ने पनी वास्ता गरेनन।’
कोङगोका अनुसार उनका ६ जाना बच्चाहरु छन्। कार्ड भएको कारण उनले दुई प्याकेट तेल र अन्न प्राप्त गरे। कोङगोले भने, ‘पहिले उनी एक दिनमा १० डलर कमाउँथे, तर अहिले कोरोनाभाइरसको प्रतिबन्धका कारण मात्र ५ डलर कमाउँछन्। परिवारका लागि तीन छाक खाना सुनिश्चित गर्न पनि गाह्रो भइरहेको छ। धेरै पटक यस्तो हुन्छ कि त्यहाँ केही खानेकुरा पाईदैन। यो रासनको प्याकेटले दुई दिनको लागि खाना समस्या हुदैन। उनका अनुसार केन्याको सरकारले उनको र लाखौं मानिसहरू लाई खुवाउने कुनै योजना बनाएको छैन।’
Facebook Comment