तालिवान लडाकूको आक्रमणमा परी १३ को मृत्यु
काबुल । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाहरु व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ ।
प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाए अनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो । घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ । अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ । घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरुले पुष्टि गरेपनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् ।
Facebook Comment