कविता – “कोरना विशेष”
“कोरना विशेष”
कोरना विश्वले चिन्छ, विश्वले डर मान्दछ ।
सामा–जिक दुरी एक, विश्वले भर मान्दछ ।।१।।
आजका दिनमा सम्म, चुक्यो रे विश्व वैभव ।
निक्लेको छैन विश्वमा, न खोप न त औषध ।।२।।
भएकै ओखती मूलो, मिलाएर चिकित्सक ।
दिए पीढितको सेवा, देखाई गुण कौशल ।।३।।
या हावा, छिम वा कासो, पर्स ले झन सर्दछ ।
न छोउँ एकले अर्को, छोएमा झन बढ्दछ ।।४।।
देखियो चीनमा पैले, फैलियो विश्वमा जव ।
संसारै ग्रस्त छ एैले, हल्लियो शान्तिको जग ।।५।।
एशिया होस वा युऽरोप्, अष्ट्रेलिया, अमेरिका ।
कोरोना कोर्षको कापी, मानौ जाँच प्रवेशिका ।।६।।
बेल्जियम,इटाली, रूस, फ्रान्स वा चीन, फारस ।
नेपाल होस वा पाक, भुटान अनि भारत ।।७।।
आक्रान्त देशको सूची, बड्दै गए धमाधम ।
अरुका तुलना मेरै, रहेछ देश शालिन ।।८।।
धेरै छन् विश्वमा देश, धेरै छन्, लक डाउन ।
हम्मे हम्मे पर्यो विश्व, अर्थतन्त्र जोगाउन ।।९।।
बुश, क्लिण्टन वा ट्रम्प, सक्छन् विश्व हल्लाउन !
बम, बन्दुक् भए भुत्ते, महामारी भगाउँन ।।१०।।
सपना भित्रको देश, अमेरिका डर्यो अरे ।
“जुन पोई हुने जस्तो, उहि जेठाजु पर्यो अरे”।।११।।
हामीले गर्दथ्यौ पैले, मान्छेका बिच आदर ।
यो कस्तो जमाना आयो, मान्छे मान्छे बिचै डर ।।११।।
कवि नारायण प्रसाद बराल, पोखरा
बैशाख ८, छन्द दिवश ।
Facebook Comment