भारतमा साढे २४ हजार कोरोना संक्रमित, एकैदिन ५९ संक्रमितको मृत्यु

डिसी नेपाल
१३ वैशाख २०७७ ९:३४

काठमाडौँ । छिमेकी मुलुक भारतमा एकै दिन कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ५९ संक्रमितको ज्यान गएको छ। भारतमा यो सँगै ज्यान गुमाउनेको संख्या ७८० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४०८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।

संक्रमित मध्ये ५ हजार ४९६ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको उपचार जारी छ । भारतमा हालसम्म ५ लाख ४१ हजार ७८९ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा ३० दिनदेखि लकडाउन जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *