लकडाउनमा घरमै बसेको पूरै परिवारको रहस्यमय मृत्यु, घरमा भेटियो ५ जनाको लाश
काठमाडौं। कोरोनाभाइरसको संक्रमण फैलिने जोखिम कम गर्न लकडाउन गरिएका बेला घरभित्रै रहेका परिवारका ५ जना सदस्यको लाश भेटिएपछि भारतको उत्तरु प्रदेशको एटा जिल्लामा सनसनी फैलिएको छ । यहाँ २ जना महिला र २ जना बालबालिकासहित एकै परिवारका ५ जनाको शव घरभित्र भेटिएको हो । बिहान घरमा दूध लिएर आउने व्यक्तिले उनीहरुको शव देखेका थिए ।
दैनिक भास्करका अनुसार बिहानै शव भेटिएको सूचना पाएपछि पुलिसले घटनास्थल पुगेर अनुसन्धान गरिएको छ । घटना हत्याको हो वा आत्महत्याको भन्ने अहिलेसम्म खुलासा हुन सकेको छैन । एटाको श्रृंगार नगरमा पूर्व स्वास्थ्य अधिकारी राजेश्वर प्रसाद पचौरीको घर छ । शनिबार बिहान राजेश्वर प्रसाद पचौरीसहित ५ जना घरभित्र मृत अवस्थामा भेटिएका हुन् ।
राजेश्वर प्रसाद पचौरीसहित उनकी बुहारी दिव्या पचौरी, दिव्याकी बहिनी बुलबुल, दिव्याका ८ वर्षका छोरा आरुष र १ वर्षका छोरा आरभ मृत अवस्थामा भेटिएका हुन् । राजेश्वरका छोरा तथा दिव्याका पति दिवाकर पचौरी उत्तराखण्डमा एक औषधी कम्पनमिा काम गर्छन् । दिवाकर कामको सिलसिलामा उत्तराखण्डमै छन् । घरमा यिनै ५ जना बस्थे ।
शनिबार बिहान दूध लिएर आएका व्यक्तिले बाहिरबाट बोलाउँदा लामो समयसम्म ढोका नखुलेपछि उनले झ्यालबाट भित्र हेर्दा भित्र पाँचैजनाको लाश देखेका थिए । एसएसपी सुनिल ंिहका अनुसार मृतक राजेश्वरका छोरा दिवाकरलाई घटनाबारे जानकारी दिइएको छ । पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । रिपोर्ट नआउँदासम्म मृत्युको कारण थाहा नहुने उनले बताए ।
Facebook Comment