लकडाउनको उल्लंघन गर्दै दिउँसै खुल्ला ठाउँमा यौनमा लिप्त जोडी क्यामेरामा कैद

डिसी नेपाल
१३ वैशाख २०७७ १२:३४

काठमाडौं। बेलायतमा कोरोनाभाइरसको प्रकोप अत्याधिक छ । यहाँ १ लाख ४३ हजारभन्दा धेरै मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् । १९ हजार ५ सय भन्दा धेरैले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् । यहाँ भाइरस संक्रमण फैलिन नदिन कडाइका साथ लकडाउन लागू गरिएको छ । तर, यही देशमा एक जोडीले लकडाउनको उल्लंघन गर्दै खुल्ला ठाउँमा दिउँसै यौनमा लिप्त भएको पाइएको छ ।

यहाँको ब्राइटन बीचमा यौनमा लिप्त जोडीको तस्वीर क्यामेरामा कैद भएको छ । यही बीचमा एक जोडीले यसअघि बार्बिक्यू पार्टी गरिरहेको पाइएपछि उनीहरुलाई जरिवाना तिराइएको थियो । त्यो घटनाको केही दिनमै यो जोडी यौनमा लिप्त अवस्थामा भेटिएको डेली मिररको समाचारमा उल्लेख छ । यो फोटो बिहीबार बिहान ७ बजेर ५० मिनेटको समयमा खिचिएको समाचारमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *