लकडाउनको समयमा भानुआटुमा क्रिकेट प्रतियोगिता सुरु

डिसी नेपाल
१३ वैशाख २०७७ १६:०१

काठमाडौं । दक्षिणी प्रशान्त क्षेत्रमा रहेको टापु भानुआटुमा क्रिकेट प्रतियोगिता सुरु भइसकेको छ । आईसीसीले फेरि क्रिकेट सुरु गर्ने कार्य योजना बनाउनु अघि भानुआटमा क्रिकेट प्रतियोगिता सुरु भएको हो। विश्वव्यापी महामारी प्रकोपको कारण क्रिकेट गतिबिधि ठप्प भएपछि क्रिकेट गतिविधि पुनः सुरु गर्ने पहिलो राष्ट्र भानुआटु भएको छ। महिला घरेलु क्रिकेट लिगको फाइनल खेल शनिबार यहाँ खेलिने तय भएको छ ।

यदि कसैले सो क्रिकेटको प्रत्यक्ष प्रसारण हेर्न चाहेमा भानुआटु क्रिकेटको फेसबुकमा हेर्न सकिने ब्यबस्था पनी गरिएको छ । भानुआटुले यो लिगको प्रत्यक्ष प्रसारण फेसबुक बाट देखाउने घोषणा गरेको छ। यो भानुआटुको लागि आफ्नो क्रिकेटलाई विश्वमा स्तरमा पुर्‍याउने सुनौलो अवसर हो किनभने वर्तमान अवस्थामा विश्वभरि कुनै पनी खेलकुद प्रतियोगिता भइरहेको छैन।

भानुआटु क्रिकेट संघका प्रमुख कार्यकारी शेन डेट्जले पनि खेल हेर्न सबैलाई आमन्त्रित गरिरहेछन्। शनिबार बिहान हुने महिलाहरुको खेलमा टाईफा ब्ल्याकबर्ड्स र पावर शार्कको टोली एक अर्कासँग भिड्नेछन् । विजेता टोलिले घरेलु लिगको फाइनलमा फेयर बुल्सको सामना गर्नेछ। सार्थै पुरुषहरुको प्रदर्शन खेल पनि यस दिन खेलाउने तय भएको छ।

संचारकर्मी संगको कुराकानीमा डेट्जले एसोसिएटेड भने  “विश्वभर यो एक मात्र प्रतियोगिता हो जुन अहिले भइरहेको छ। लकडाउनमा रहेका सबैलाई हामी थोरै क्रिकेट देखाउन चाहन्छौ। यो खेल भनुआटु क्रिकेटको फेसबुकमा लाईभ हेर्न सकिनेछ जाहा चार क्यामेराहरु जडान गरिएका छन् र कमेन्टी्रको पनि ब्यबस्था गरिएको छ।”

गत महिना भएको लकडाउनमा भानुआटुमा कोरोना भाइरस महामारीको समयमा सावधानी अपनाईएको थियो र त्यसपछि गत ६ अप्रिलमा त्याहा भयानक आँधीबेरी आयो। अहिले लकडाउन हटेपछि त्याहा मानिसहरु बिजयउत्सव मनाइरहेका छन्। लकडाउनको समयमा सिमानाकाहरु बन्द गरिएपछि भानुआटुमा कोरोनाको संक्रमण हुन पाएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *