कपाल काटदा एक बर्षसम्म निशुल्क बियर
काठमाडौं । अष्टे्रलियाको एक बियर बनाउने कम्पनीले अचम्मको घोषणा गरेको छ । जसअनुसार जुन मानिसले सबैभन्दा खराब र सबैभन्दा राम्रो कपाल काटछ सो ब्यक्ति लाई कम्पनीले एक बर्ष सम्मको लागी निशुल्क बियर दिनेछ ।
अष्टे्रलियाको मेलर्बन स्थित एक लोकल बियर कम्पनी (मुन डग) ले उक्त कुराको घोषणा गरेको हो । प्राप्त जानकारी अनुसार कम्पनीले आफ्नो ईन्स्टाग्राम बाट सो कुराको जानकारी दिएको हो ।
कम्पनीले आफ्नो ईन्स्टाग्राममा लेख्दै भन्यो “तपाईहरु संग राम्रो कपाल काटने मानिसको जरुरी छैन, अहिले लकडाउनको बेला तपाई लाई जस्तो मन पर्छ त्यही अनुसारको कपाल काटन सक्नुहुन्छ । किचनमा गएर कैची लिनुहोस र सबैभन्दा वा नराम्रो कपाल काटने मानिस बनेर एक बर्ष सम्म निशुल्क बियर हाम्रो कम्पनीको तर्फबाट पाउनुहोस ।”
यो प्रतिसपर्धामा १८ बर्ष उमेर भन्दा माथिकाले मात्रै सहभागिता जनाउन सकिनेछ ।
Facebook Comment