टेस्ट, एकदिवसीय र टी २० क्रिकेटमा ह्याट्रिक गर्ने एक मात्र बलर
काठमाडौं । मोहम्मद सामी पाकिस्तानी क्रिकेट टोलीका रत्न बनेका छन् जसको नाम क्रिकेट इतिहासमा सदाका लागि अमर रहन्छ। शोएब अख्तर र वकार युनिस पछि सामीको नाम पाकिस्तानको सर्वश्रेष्ठ तिव्र गतिका बलरहरूमा गनिन्छ। यति मात्र होइन, उनी क्रिकेटको इतिहासमा पहिलो बलर हुन जसले टी २०, एकदिवसीय र टेस्ट तिनवटै फरम्याटमा ह्याट्रिक लिएका छन्। तर त्यस्तै शानदार प्रदर्शनको बावजुद सामीको क्रिकेट करियर लामो समयसम्म टिक्न सकेन। आफ्नो करियरमा उनी हिट भएनन, तर मानिसहरुले उनलाई सधैं यी तीन ह्याट्रिक्स को लागी सम्झिरहने छन। आजको हामी तपाईलाई सामीको उही ह्याट्रिक्सको बारेमा बताउने छौ ।
पाकिस्तान बिरुद्ध वेस्टइन्डिज, दोस्रो वनडे, शारजाह क्रिकेट स्टेडियम, २००१–०२ :
सामीले सन २००२ मा शारजाहमा वेस्टइन्डिज बिरूद्ध आफ्नो करियरको पहिलो ह्याट्रिक लिए। खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो र शोएब मलिकको शतकको सहयोगमा २३२ रन बनायो। जवाफमा वेस्टइन्डिजले कडा सुरुवात गर्दै १४ ओभरमा १०१ रन बनायो तर शोएब अख्तरले क्रिस गेलको विकेट लिएपछि वेस्टइन्डिजको पहिलो विकेट पतन भयो। तर यो थाहा हुन सकेन कि बाकिका सात विकेटहरू १०१ देखी १८१ रनको बिचमा कसरी पतन भयो। खेलमा सामीले ह्याट्रिकका साथ वेस्टइन्डिजको त्यो आश्चर्यजनक पारी समाप्त गरे, सामीको पहिलो शिकार रिडले जेकब्स भए, त्यसपछि उनले कोरी कोल्लीमोर र क्यामेरून कफीको विकेट पतन गरेर आफ्नो ह्याट्रिक पूरा गरे र पाकिस्तानलाई एकदिवसीय क्रिकेटमा लगातार ९ औं जीत दिलाए।
पाकिस्तान बिरुद्ध श्रीलंका, एशियाली टेस्ट चैम्पियनशिप फाइनल, गद्दाफी स्टेडियम लाहौर, २००१–०२ :
वेस्टइन्डिजको बिरूद्धको चमत्कारी प्रदर्शनको ३ हप्ता पछि, श्रीलंका बिरूद्ध लाहौर टेस्टमा ह्याट्रिक लिएपछि सामीले फेरि अर्को इतिहास बनाए। पाकिस्तानले खेलमा लाजमर्दो पराजय भोग्नुपरे पनि यो खेल सामीका लागि धेरै बिशेष रह्यो। उनले चरिता बुद्धको विकेटबाट ह्याट्रिक शुरू गरे र नुवान जोइसा र मुथियाह मुरलीधरनलाई लगातार ३ बलमा आउट गरेर श्रीलंकाको पारी समाप्त गरे। तर पनि सामीले पाकिस्तानलाई हारबाट बचाउन सकेन र श्रीलंकाले ८ विकेटले टेस्टमा विजयी हात पार्यो ।
दुरन्टो राजशाही बिरुद्ध ढाका ग्लेडियोटर्स, बंगलादेश प्रिमियर लिग २०१२, शेर–ए–बङला नेशनल स्टेडियम मीरपुर, :
राजशाहीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनायो, तर ग्लेडियोटर्सहरू त्यो स्कोरको पछि लाग्न सक्ने अवस्थामा थिएनन्। जब सामीले ग्लेडियोटर्सहरूको इनिङको अन्तिम ओभर बलिङ गर्न आए, ग्लेडियोटर्सले ६ बलमा २० रन मात्र बनाउनु पर्ने थियो, तर सामीले त्याहा अरु केहि सोचिरहेका थिए। सामीले पहिले डरेन स्टीभन्सको स्टम्पलाई चकनाचूर गरे, त्यसपछि आफताब अहमदलाई ईनस्विङ गर्दै क्लिन बोल्ड गरे र त्यसपछि नावेद उल हसनको मिडल स्टम्पलाई ढाल्दा टी २० क्रिकेटमा पहिलो ह्याट्रिक लिए। सामी ईतिहासको पानामा अमर भएपनि उनको क्रिकेट करियर धेरै अगाडि बढ्न सकेन र त्यसको लगत्तै उनलाई पाकिस्तान क्रिकेट टोलीबाट बाहिरको बाटो देखाइयो।
Facebook Comment